काठमाडौं । बजार परिसुचक पुन उकालो लागेको छ । अघिल्लो दिन उकालो लागेको बजार परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार पुन १० दशमलव ३७ अंकले उकालो लागेर २१ सय ८३ दशमलव ६२ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने एक दशमलव ३० अंकले ओरालो लागेर चार सय १४ दशमलव २४ बिन्दुमा खुम्चिएको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ६१ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । सो अनुसार ५४ हजार तीन सय ७७ पटकको कारोबारमा ९५ लाख ३२ हजार आठ सय ६७ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीकाका आधारमा आज कुल कारोबार रकम तीन अर्ब ४६ करोड ६५ लाख आठ हजार तीन सय ८८ रुपैंयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये तीन वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने १० वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया