Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविकास बैंकहरूमा पनि बढ्यो खराब कर्जा

विकास बैंकहरूमा पनि बढ्यो खराब कर्जा


काठमाडौं । विकास बैंकहरुमा पनि खराब कर्जा अर्थात् निष्क्रिय कर्जाको अनुपात बढेको देखिएको छ । विगतमा देखिएको तरलता अभावको समस्यासँगै आमग्राहकको कर्जाको सावाँ ब्याज तिर्ने क्षमतामा कमी आउँदा विकास बैंकहरुमा खराब कर्जाको अनुपात बढेको देखिएको हो ।

विकास बैंकहरुले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार क्षेत्रीयस्तरको नारायणी डेभलपमेन्ट बैंकबाहेकका सबै विकास बैंकहरुमा खराब कर्जाको अनुपात बढेको छ । यद्यपि खराब कर्जा बढेको देखिए पनि विकास बैंकहरुमध्ये सबैभन्दा बढी खराब कर्जा क्षेत्रीयस्तरको सिन्धु विकास बैंकमा देखिएको छ भने सबैभन्दा कम खराब कर्जा राष्ट्रियस्तरको मुक्तिनाथ विकास बैंकमा देखिएको छ । चालू आवको दोस्रो त्रैमासिकमा सिन्धुमा चार दशमलव ९० प्रतिशत कर्जा खराब हुँदा मुक्तिनाथमा शून्य दशमलव ९८ प्रतिशत मात्र कर्जा खराब रहेको छ । गत आवको सोही अवधिमा भने सिन्धुमा दुई दशमलव ६७ प्रतिशत कर्जा खराब हुँदा मुक्तिनाथमा शून्य दशमलव २६ प्रतिशत मात्र कर्जा खराब देखिएको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंक र महालक्ष्मी विकास बैंकमा पनि खराब कर्जा उच्च देखिएको छ । पछिल्लो अवधिमा यी दुई बैंकहरुमा क्रमशः चार दशमलव ५७ र चार दशमलव ५७ प्रतिशत कर्जा खराब रहेको छ । गत आवको सोही अवधिमा भने यी बैंकहरुमा यस्तो कर्जाको अनुपात तीन दशमलव ६६ र दुई दशमलव ८९ प्रतिशत रहेको थियो । कामना सेवा, सांग्रिला, ज्योतिसहितका छवटा विकास बैंकहरुमा भने खराब कर्जाको अनुपात तीन प्रतिशतको हाराहारीमा रहेको छ । जसमध्ये पछिल्लो अवधिमा कामना सेवामा तीन दशमलव ७०, सांग्रिलामा तीन दशमलव ३६ र ज्योतिमा तीन दशमलव ५२ प्रतिशत कर्जा खराब छ ।

गत आवको सोही अवधिमा यी बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः एक दशमलव ७७, एक दशमलव १५ र एक दशमलव ४७ प्रतिशत रहेको थियो । चालू आवको दोस्रो त्रैमासिकमा कर्णाली, ग्रिन र लुम्बिनी विकास बैंकमा पनि क्रमशः तीन दशमलव १७, तीन दशमलव ४३ र तीन दशमलव २४ प्रतिशत कर्जा खराब रहेको छ । गत आवको सोही अवधिमा यी बैंकहरुमा यस्तो कर्जाको अनुपात दुई दशमलव ६९, दुई दशमलव ३१ र एक दशमलव ६७ प्रतिशत रहेको थियो ।

मितेरी डेभलपमेन्ट बैंक र नारायणीमा भने दुई प्रतिशतको हाराहारीमा खराब कर्जा रहेको छ । जसमध्ये मितेरीमा दुई दशमलव ८६ प्रतिशत कर्जा खराब रहेको छ भने नारायणीमा दुई दशमलव ८३ प्रतिशत कर्जा खराब रहेको छ ।

गत आवको सोही अवधिमा यी बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः एक दशमलव ३१ र चार दशमलव ६० प्रतिशत रहेको थियो । चालू आवको पछिल्लो अवधिमा गरिमा र शाइन रेसुंगा डेभलपमेन्ट बैंकमा भने क्रमशः एक दशमलव ८९ र एक दशमलव ३१ प्रतिशत कर्जा खराब रहेको छ । गत आवको सोही अवधिमा यी बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः शून्य दशमलव ९६ र शून्य दशमलव ९८ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया