Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारफिलाटेलिक आवरण प्रदर्शनी सुरु

फिलाटेलिक आवरण प्रदर्शनी सुरु


काठमाडौं । नेपाल फिलाटेलिक सोसाइटीद्वारा फिलाटेलिक आवरण प्रदर्शनी–२०७९ सुरु भएको छ । नेपाल कला परिषद्, बबरमलमा सोमबारदेखि सुरु भएको उक्त प्रदर्शनीको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले टिकटमा टाँचा लगाई उद्घाटन गरेका हुन् ।

सचिव डा. अर्यालले नयाँ पुस्तालाई नेपालको कला, संस्कृति, हुलाक टिकटप्रति जानकारी दिन तथा अभिरुचि होस् भन्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बताए । उनले भने, ‘नेपालको प्राकृतिक सुन्दरता, कला संस्कृति, हुलाक टिकटलाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म पु-याउन सोसाइटीको महत्वपूर्ण भूमिका छ । प्रदर्शनीले पुस्तान्तरणको सन्देश प्रवाह भएको छ ।’

नयाँ पुस्तामा आकर्षण, जानकारीका लागि प्रदर्शनीले टेवा पु-याउने उल्लेख गर्दै सचिव अर्यालले नेपाल र नेपालीले गरेका हुलाकसम्बन्धी पहल फिलाटेलिकको प्रवर्द्धन र निरन्तरताका लागि मन्त्रालय सहयोग गर्न तयार रहेको समेत बताए । सोसाइटीका अध्यक्ष केदार प्रधानले हुलाक सेवा विभागको सहकार्यमा सोसाइटी सञ्चालनमा रहेको उल्लेख गर्दै नेपाली हुलाक टिकट विश्वमा नै परिचित रहेकाले मुलुकको पहिचान अन्तर्राष्ट्रिय क्षेत्रमा समेत रहेको बताए । प्रदर्शनी यही फागुन १७ गतेसम्म सञ्चालन हनेछ ।


क्याटेगोरी : समाचार
ट्याग : #page 3

तपाईको प्रतिक्रिया