काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले निजीस्तरका विद्यालयमा लगानी गर्न सरकारसँग माग गरेका छन् । शनिबार ज्ञान चक्षु इंग्लिस स्कुलको १७औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रमका पौडेलले सरकारी विद्यालयभन्दा निजीस्तरका विद्यालयहरुको शैक्षिक गुणस्तर राम्रो भएकोले निजी विद्यालयमा पढ्ने विद्यार्थीको शुल्क राज्यले तिर्नुपर्ने बताए ।
सरकारी विद्यालय सुधार गर्न सरकारलाई नीतिगत ठोस सुझाव दिनुपर्नेमा सांसद पौडेलमा भने निजी विद्यालयप्रति मोह देखिएको छ । निजी विद्यालयको शुल्क महंगो भएकोले अभिभावकले तिर्न नसकेको भन्दै उनले यसमा पनि राज्यको लगानी हुनुपर्ने बताए । यस्तै उनले प्रविधिमैत्री र प्रतिस्पर्धात्मक अवस्था आएकाले समयानुकूल शिक्षा नीतिमा परिवर्तन गर्नुपर्नेमा जोड दिए । प्रमाणपत्रमुखीभन्दा पनि नेतृत्व गर्ने शिक्षा आजको आवश्यकता रहेको बताउँदै उनले प्रतिस्पर्धात्मक शिक्षाबाट नै दक्ष जनशक्ति उत्पादन हुने उल्लेख गरे । कार्यक्रममा विद्यालयका संस्थापक निर्देशक रमेश श्रेष्ठले ज्ञान चक्षु इंग्लिस स्कुललाई बोलेर मात्र नभई कामले गुणस्तरीय शिक्षा प्रदान गर्ने बताए । उनले विद्यालयको गुणस्तरलाई उकास्नका लागि शिक्षक, विद्यार्थी, अभिभावक तीनै पाटाको महत्वपूर्ण भूमिका हुने भएकाले त्यो अवस्था यस स्कुलमा भएकाले काठमाडौं उपत्यकाको उत्तरीभेगको उत्कृष्ट हुन सफल भएको बताए । उनले निकट भविष्यमा नै शैक्षिक पूर्वाधारयुक्त विद्यालयको आफ्नै भवन निर्माण हुने जानकारी दिए । हाल प्लेग्रुपदेखि १० कक्षासम्म मात्र भएकाले प्लस टुसम्म सञ्चालन गर्ने उनले बताए ।
विद्यालयका प्रधानाध्यापक मिन कुमार कोइरालाले भावी शैक्षिक योजना प्रस्तुत गर्दै विद्यालयले दिएको महत्वपूर्ण जिम्मेवारीलाई आत्मसात् गर्दै अगाडि बढ्ने बताए । उनले न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्न स्कुल सक्षम रहेको दाबी गरे । कार्यक्रममा वरिष्ठ गायक हेमन्त शर्मा, राष्ट्रिय कलाकारहरु रिता केसी, जादुकर शेर बहादुर गुरुङ, नृत्याङ सुशीला थापालगायतले आ–आफ्नो प्रतिभा देखाई कार्यक्रमलाई रोमाञ्चक बनाएको थियो । सो कार्यक्रममा विद्यालयका शिक्षा, कर्मचारी पुरस्कार प्रदान गरिनुका साथै विद्यालयको अतिरिक्त क्रियाकलापमा सहभागी उत्कृष्ट विद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #page 3
ताजा अपडेट
- चलचित्र नीति:नयाँ नीति तर पुरानै ऐन
- कृषि ज्ञान केन्द्र कालीकोटका कर्मचारी विरुद्ध भ्रष्टाचार अभियोग
- पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
- रविको राहदानी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने
- प्रधानमन्त्री दाहालले पाए विश्वासको मत
- ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग
- लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत
- प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया