गोली हानी प्रिन्सिपलको हत्या
काठमाडौं । अज्ञात समूहले बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका सञ्चालक तथा प्रिन्सिपल रुपेश स्वर्णकारलाई गोली हानी हत्या गरेको छ। कलैया उपमहानगरपालिका– १ का ३५ वर्षीय स्वर्णकारलाई सोही उपमहानगपालिका–६ स्थित मदरसा टोलमा सोमबार दिँउसो मोटरसाइलमा आएका अज्ञात समूहले गोली प्रहार गरेका थिए । नम्बर नखुलेको २ वटा मोटरसाइकलकमा आएका चार जना अपरिचित व्यक्तिहरुले स्वर्णकारको टाउको र छातीमा गोली प्रहार गरेका थिए ।
गोली प्रहारबाट घाइते भएका उनको उपचारको क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए । स्वर्णकारको वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । उनको शव हाल अस्पतालमै राखिएको छ ।
प्रहरीले घटनास्थलबाट पेस्तोलमा लाग्ने चारवटा खोका बरामद गरेको छ । स्वर्णकारलाई बजारबाट खाजा लिई स्कुलतर्फ जाँदै गर्दा गोली प्रहार भएको बुझिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । यस्तै प्रहरीले सो घटनामा शंकास्पद एक जनालाई नियन्त्रणमा लिएको छ । घटनामा पेसेवर सुटरहरुको प्रयोग गरिएको हुनसक्ने आशंका गरिएको छ । स्थानीयका अनुसार घटनालगत्तै उनीहरु सीमा क्षेत्रतिर भागेका थिए । स्वर्णकारलाई गोली हान्नुको कारण खुलेको छैन ।
क्याटेगोरी : प्रदेश समाचार, मधेश प्रदेश, बिबिध
ट्याग : #Page 12
ताजा अपडेट
- कोशीमा बजेट विधेयक पारित
- कुटपिटबाट २६ वर्षीय युवाको मृत्यु, घटनामा संलग्न सात जना पक्राउ
- राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट
- इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट
- हजार र पाँच सयका नक्कली नोटसहित एक युवा पक्राउ
- तीन महिने अभियानलाई जसपाले निरन्तरता दिने
- मङ्सिर २३ गते परराष्ट्रमन्त्री साउद कतार जाँदै
- ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
तपाईको प्रतिक्रिया