Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारगण्डकी प्रदेशवैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने

वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने


गण्डकी । वैशाख २३ गते आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबाट गण्डकी प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।

गत चैत २५ गते नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त भएका मुख्यमन्त्री अधिकारीले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेशसभामा वैशाख २३ गते विश्वासको मत लिने भएका हुन् ।

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते दिनको ३ बजे प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने सूचना आजै गण्डकी प्रदेशसभाको सचिवालयमा दर्ता गराएको प्रदेशसभा सचिव हरिराज पोख्रेलले जानकारी दिए ।


क्याटेगोरी : प्रदेश समाचार, गण्डकी प्रदेश

तपाईको प्रतिक्रिया