धनगढी उपमहानगरद्वारा २३ करोड राजस्व सङ्कलन
अत्तरिया (कैलाली) । कैलालीको धनगढी उपमहानगरपालिकाले २३ करोड ४० लाख ९३ हजार राजस्व सङ्कलन गरेको छ ।
उपमहानगरपालिकाले चालु आव २०८०/८१ को साउनदेखि चैत मसान्तसम्म सो राजस्व सङ्कलन गरेको हो । सम्पत्ति करबाट दुई करोड ९१ लाख ५० हजार, भूमि कर ८२ लाख ८५ हजार, बहाल कर पाँच करोड ३७ लाख ८८ हजार, बहाल विरौटी कर ११ लाख ८७ हजार, सवारीसाधन कर चार लाख ३२ हजार र अन्य करबाट चार लाख ७८ हजार राजस्व सङ्कलन भएको उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख लेखनाथ ओझाले जानकारी दिए ।
उनका अनुसार सरकारी सम्पत्ति बहालबाट प्राप्त आय ६८ लाख पाँच हजार, अन्य सेवा शुल्कबाट २४ लाख ७९ हजार, शिक्षा क्षेत्रको आम्दानी १३ लाख ४४ हजार, पार्किङ शुल्कबाट ५२ लाख ९७ हजार, नक्सा पास दस्तुरबाट दुई करोड २७ लाख ७७ हजार, सिफारिस दस्तुरबाट एक करोड ३२ लाख २७ हजार राजस्व सङ्कलन भएको छ ।
त्यस्तै व्यक्तिगत घटना दर्ता दस्तुर १० लाख सात हजार, नाता प्रमाणित दस्तुर तीन लाख ६१ हजार, अन्य दस्तुरबाट सात लाख ५६ हजार, प्रशासनिक दण्ड जरिवानाबाट ४४ लाख ११ हजार, व्यवसायबाट तीन करोड १७ लाख २६ हजार, अन्य राजस्व चार करोड ९९ लाख ५२ हजार, बेरुजुबापत पाँच लाख ८६ हजार, सामुदायिक वनबाट प्राप्त आय ३२ हजार र विज्ञापन करबाट पाँच हजार राजस्व सङ्कलन भएको उनले राससलाई जानकारी दिए ।
करको दायरा बढ्दै जाँदा राजस्व सङ्कलनमा वृद्धि हुँदै गएको शाखा प्रमुख ओझाको भनाइ छ । उनले भने, “प्रत्येक वर्ष करको दायरा बढ्दै जान्छ, आगामी आवमा पनि करको दायरा बढ्छ, तर करको दर भने यथावत रहन्छ ।” गत आव २०७९÷८० मा उपमहानगरपालिकाले कूल २७ करोड ९२ लाख १५ हजार राजस्व सङ्कलन गरेको जनाइएको छ ।
क्याटेगोरी : पालिका समाचार, उप महानगर
ताजा अपडेट
- महाकवि देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
- अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
- देउसी खेलेर क्याम्पसमा अक्षय कोष स्थापनाको प्रयास
- अन्नपूर्णआरोहण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिए
- दोलखामा बृहत् स्वास्थ्य शिविर
- दराज नेपालको छैठौँ विक्रेता सम्मेलन
- केटिएम नेपालको ‘केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स’
- हिरोको दशैं तिहार अफरअन्तर्गत पाँच लाख क्यासका विजेता घोषणा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया