Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपर्यटन उधोगबेगनास ताल नजिकै १३ करोड लगानीमा होटल मकाउ सञ्चालनमा

बेगनास ताल नजिकै १३ करोड लगानीमा होटल मकाउ सञ्चालनमा


पोखरा । तालको बाटिका शहर लेखनाथको बेगनास ताल नजिकैको नहरचोकमा होटल मकाउ सञ्चालनमा आएको छ । संचालकका अनुसार होटल निर्माणमा करिब १३ करोड खर्च भएको छ ।

होटल करिब तीन रोपनी क्षेत्रफलमा निर्माण भएको छ भने १२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । होटलमा २६ कोठा छन्, जसमा चिसो–तातो पानीसहितका डिलक्स, सुपर डिलक्स, कोरियन, बाथटप र ज्याकुजी छन् ।

होटल सञ्चालक रामप्रसाद गुरुङ किसानका अनुसार होटलमा रेष्टुरेन्ट, बार, लिफ्ट, हल र पर्याप्त पार्किङ लगायतका सुविधा छन् । होटलको पाँचौ तलामा ब्रेकफास्ट र रात्री डिनरका लागि रूफटप, पार्टी र मिटिङका लागि हलको समेत व्यवस्था छ । होटलको छतबाट माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमश्रृङ्खला, बेगनासताल वरपरको हरियाली र आर्कषक गाउँहरू प्रष्ट रूपमा देख्न सकिन्छ । होटल संचालनमा आएसँगै स्वदेश तथा विदेशबाट आउने पर्यटकहरूका लागि शान्त र पारिवारिक वातावरणमा स्तरीय आतिथ्यता प्रदान गर्दै उनीहरूको मन जित्न सफल भएको सञ्चालक गुरुङले बताए ।

तीन दशकभन्दा बढी ताईवान, कोरिया र हङकङमा श्रीमती पानकुमारी गुरुङका साथ बसेर त्यहाँ सिकेका सिप र रकमलाई नेपालमै लगानी गर्ने र होटल व्यवसायमा केही राम्रो र फरक गर्ने सोंचका साथ कोरोना कालमा स-परिवार स्वदेश फर्केर होटल सञ्चालनमा ल्याएको उनले बताए । विदेश बसाईमा आफूले देखेको प्रविधि, सर्भिस र अनुभवलाई आत्मसाथ गरी होटलका सबै रूमहरूलाई फरक सुविधा सम्पन्न, आर्कषक र स्तरीय बनाउन बेड, बाथरूम, कलर लगायत सबै विशेष सामानहरूको प्रयोग गरिएको छ ।

होटलमा आर्कषक रेष्टुरेन्ट र बारको पनि व्यवस्था गरिएको छ भने ग्राहकहरूको अर्डर अनुसारका स्वादिष्ट, फ्रेस र ताजा खाना, खाजा र ग्रिल फिसकोसमेत व्यवस्था गरिएको छ । होटलमा कोठाहरू स्तरअनुसार दुई हजार पाँच सयदेखि सात हजार रुपैयाँसम्मका छन् । होटलले नयाँ बर्ष, दशैँ, तिहारलगायतका विशेष अवसरमा ग्राहकलाई १५ प्रतिशतसम्म छुट दिने बताइएको छ ।

यस्तै, जन्मदिन विशेष र वैवाहिक वार्षिकोत्सव विशेष ग्राहकहरूका लागि होटलले नि:शुल्क केक उपहार प्रदान गर्दै आएको छ । ग्राहकको सेवा, सुरक्षा र सन्तुष्टि नै पहिलो लक्ष्य राखेर सञ्चालनमा रहेको मकाउले नेपालका चर्चित कलाकार, गायक, गायिका, सफल व्यवसायी, नेता लगायतका विशिष्ट व्यक्तिहरूलाई समेत आतिथ्यता प्रदान गरिसकेको छ ।

पृथ्वी राजमार्गको नजिकै तालचोकबाट बेगनासतालतर्फ आउने क्रममा बाटोमा पर्ने मकाउ यस क्षेत्रमा पर्यटकहरूको रोजाईमा पर्ने सञ्चालन गुरुङको विश्वास छ ।


क्याटेगोरी : पर्यटन उधोग

तपाईको प्रतिक्रिया