Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपर्यटन उधोगश्रमकृषि र उत्पादनमूलक क्षेत्रमा कोरिया जाने पर्खाइमा रहेकाहरूलाई क्षेत्र परिवर्तन गर्ने मौका

कृषि र उत्पादनमूलक क्षेत्रमा कोरिया जाने पर्खाइमा रहेकाहरूलाई क्षेत्र परिवर्तन गर्ने मौका


काठमाडौ,दक्षिण कोरियाले यसअघि कृषि तथा पशुपालन र उत्पादनमूलक काममा रोजगारीमा लागि जान कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेका नेपाली युवाहरूलाई क्षेत्र परिवर्तन गर्ने मौका दिने भएको छ।

ग्वार्कोस्थित ईपीएस कोरिया शाखाले शुक्रवार एउटा सूचना प्रकाशित गर्दै कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रमा भाषा परीक्षा उतीर्ण भएकाहरूलाई सेवा क्षेत्रमा आवेदन दिन भनेको छ।

“अहिले रोस्टरको अवधि आगामी डिसेम्बर ३१ मा सकिन लागेकाहरूलाई मात्रै क्षेत्र परिवर्तनका लागि आवेदन दिन कोरियाली पक्षले भनेको छ,” ईपीएस कोरिया शाखाकी निर्देशक मैयाँ कँडेलले भनिन्।

ईपीएस भाषा परीक्षा उत्तीर्ण भएकाहरूलाई दक्षिण कोरियाले दुई वर्षसम्म रोस्टरमा राख्ने गरेको छ। त्यो अवधिभित्र दक्षिण कोरियाली रोजगारदाताबाट छनोटमा नपरेकाहरू दक्षिण कोरिया जान पाउँदैनन्।एक अनुमानित सङ्ख्याअनुसार करिब १५,००० युवायुवती विभिन्न क्षेत्रमा भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया जाने पर्खाइमा छन्।एक अनुमानित सङ्ख्याअनुसार करिब १५,००० युवायुवती विभिन्न क्षेत्रमा भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया जाने पर्खाइमा छन्।
कृषि क्षेत्रमा माग कम आएको कारण देखाउँदै दक्षिण कोरियाले कृषि र उत्पादनमूलक क्षेत्रमा कम माग पठाएपछि भाषा परीक्षा उत्तीर्ण गरेका करिब ११,००० नेपाली युवाहरू दक्षिण कोरिया जाने पर्खाइमा थिए।

शाखाका अनुसार कोरियाली पक्षले त्यसमध्ये सेवा क्षेत्र परिवर्तनका लागि योग्य रहेका ९,४२८ जना नेपाली युवाहरूको सूची समेत पठाएको छ।

क्षेत्र परिवर्तनका लागि उनीहरूलाई वैशाख १८ गतेभित्र आवेदन दिइसक्न भनिएको छ।

“क्षेत्र परिवर्तनको आवेदन दिन शाखामै आउनुपर्दैन। उहाँहरूले अनलाइनमै आफ्नो विवरण र परिवर्तन गरेर सेवा क्षेत्र अन्तर्गतको होटल, रेस्टुराँ वा केमा काम गर्न चाहने हो त्यो खुलाउनुपर्छ,” कँडेलले भनिन्।
क्षेत्र परिवर्तन गरेपछि पुरानैमा फर्कन पाइन्छ?क्षेत्र परिवर्तनको आवेदनका लागि राहदानीसँगै यसअघि भाषा परीक्षाको प्रवेशपत्र अनिवार्य गरिएको छ।

“यदि आवेदकहरूको सङ्ख्या आवश्यकभन्दा अधिक भएमा जसको रोस्टरको अवधि छोटो छ, त्यस्तो आवेदकलाई पहिलो प्राथमिकता दिइनेछ,” शाखाको सूचनामा भनिएको छ।

रोजगारदाताले यसअघि नै श्रम सम्झौता पठाएर कोरिया जाने तयारीमा रहेका वा रोस्टर अवधि समाप्त भएका युवाहरूले भने रोस्टर परिवर्तन गर्न नपाउने भनिएको छ।

क्षेत्र परिवर्तन गरे पनि रोस्टरको अवधि भने “अघिल्लो रोस्टरको बाँकी अवधि बराबर नै हुने” शाखाले जनाएको छ।“क्षेत्र परिवर्तन पनि कोरियामा रोजगारको लागि जान पाउने ग्यारेन्टी होइन। तर कृषि र उत्पादनमा माग कम आएका कारण रोकिएका युवाहरूका लागि अवसर हो,” कँडेलले भनिन्।

उनका अनुसार कोरियाले नेपालबाट सेवा क्षेत्रमा कति कामदार लैजान चाहेको हो भन्नेबारे खुलाएको छैन।

तर क्षेत्र परिवर्तनका लागि आवेदन दिएका युवाहरूलाई सेवा क्षेत्रमा अवसर नभएको अवस्थामा कृषि तथा पशुपालन वा उत्पादनमूलक क्षेत्रमा फिर्ता हुन सक्ने मौका दिइने कोरियाले जनाएको छ।
कोरिया जाने रोस्टरमा रहेकाहरू के भन्छन्?कोरियाको यस्तो निर्णयलाई भाषा परीक्षा उत्तीर्ण गरेर दक्षिण कोरिया जाने पर्खाइमा रहेकाहरूमध्ये केहीले ‘अवसर’ भनेका छन्।

“यसअघि पानीजहाज निर्माणमा पनि अर्को क्षेत्रमा भाषा परीक्षा उत्तीर्ण गरेर पर्खाइमा रहेकाहरू लैजाँदा उनीहरूले छिटो जाने अवसर पाएका थिए। त्यस कारण यसलाई राम्रै मान्नुपर्छ,” भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया जाने पर्खाइमा रहेका ललितपुरका केदार घिमिरेले भने।सन् २०२२ कै रोस्टरमा रहेकाहरू बाँकी हुँदा त्यसपछि भाषा परीक्षा उत्तीर्ण गरेकाहरूलाई लामो समय पर्खनुपर्ने अवस्था आएको थियो।

“अगाडिबाटै रोस्टरमा रहेकाहरू क्षेत्र परिवर्तन गरेर भए पनि छिटो जान पाए भने हामीपछि रोस्टरमा बसेकाहरूको पालो छिटो आउँछ कि भन्ने आशा हुन्छ। यो खुसीको कुरा हो,” सन् २०२३ बाट रोस्टरमा रहेको बताउने निर्मला रानाले भनिन्।
(बीबीसी)


क्याटेगोरी : समाचार, श्रम

तपाईको प्रतिक्रिया