काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि घरदैलो अभियान थालेको छ । रास्वपाका महामन्त्री एवं प्रवक्ता डा.मुकुल ढकालका अनुसार निर्वाचन भएको एक वर्ष पूरा हुँदै गर्दा मतदातालाई धन्यवाद दिँदै सुझाव सङ्कलनका लागि तीनदिने घरदैलो अभियान सञ्चालन गरिएको हो ।
‘जनकेन्द्रित राजनीतिको आधार, घरदैलोमा जनतालाई आभार’,नारासहित रास्वपाले घरदैलो अभियान सुरु गरेको हो । रास्वपाका सांसदले एक वर्षको ‘रिपोर्ट कार्ड’ सहित मतदातासँग साक्षात्कार गर्ने उनले जानकारी दिए । अभियानका क्रममा घरदैलो सुझाव फारममार्फत जनताको सुझाव सङ्कलन गर्ने प्रवक्ता ढकालको भनाइ छ ।
‘चुनावअघि मात्र हैन चुनावपछि पनि घरदैलो कार्यक्रम गर्नपर्छ भन्ने मान्यताअनुरुप हामी घरदैलो कार्यक्रम गर्दै छौं’, उनले भने । यही मङ्सिर ४ गते निर्वाचन भएको एक वर्ष पूरा हुँदैछ ।
पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार सबै सांसद, उम्मेदवार र केन्द्रीय सदस्यलगायत अभियानमा सहभागी हुनेछन् । उनले भने, ‘एक सय ३१ निर्वाचन क्षेत्र र त्यसबाहेक थप १० निर्वाचन क्षेत्रमा नेता तथा कार्यकर्ता परिचालन हुनेछन् ।’ रासस
क्याटेगोरी : राजनिति
ताजा अपडेट
- महिलाहरुलाई दिल्लीमा बेचबिखन गरेको अभियोगमा बाँकेकी एक महिला पक्राउ
- छुट्टाछुट्टै सवारी दुर्घटनाबाट सात जनाको मृत्यु
- विभिन्न ठाउँमा चार व्यक्ति मृत अवस्थामा फेला
- अध्यादेश जारी गरेर भएपनि भूमिहीनलाई जग्गा प्रदान गर्ने उपप्रधानमन्त्रीको प्रतिबद्धता
- विभिन्न ठाउँमा आगलागीबाट लाखौँको क्षति
- वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई लाई किन सोध्यो नेपाल नागरिक उड्डयन प्राधिकरणले सात दिने स्पष्टीकरण ?
- कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन: नेपालमाथिको अन्याय रोकिनुपर्छ
- सक्कली प्रहरीको फन्दामा नक्कली प्रहरी
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया