भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरूको पुनरावेदन मुद्दा न्यायाधीश पाण्डे र खरेलको इजलासमा
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्तहरुको पुनरावेदन निवेदनमा उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा सुरु भएको छ । जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन गरेको मुद्दामा आजदेखि निरन्तर सुनुवाइ गरी आदेश हुने छ ।
नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई भुटान पठाउने अभियोगमा जिल्ला अदालत काठमाडौंले पूर्पक्षका लागि थुनामा पठाएका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व गृहसचिव टेकनारायण पाण्डेसहित थुनामा रहेका २२ अभियुक्तले जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन गरेका छन् ।
उच्च अदालत पाटनले यसअघि नै काठमाडौं जिल्ला अदालतबाट कैफियत प्रतिवेदन झिकाइसकेको र उक्त मुद्दामा न्यायाधीशद्वय मुरारीबाबु श्रेष्ठ र कृष्णराम कोइरालाको संयुक्त इजलासले २३ कात्तिकमा इजलासबाटै मंसिर ५ को पेसी तोकेको थियो ।
क्याटेगोरी : राजनिति
ताजा अपडेट
- सामान्य अंकले आर्लियो सेयर बजार
- इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टि आर एस लोजिपार्कबीच सम्झौता
- ११ कार्टुन सुकमेल सुख्खा बन्दरगाह भन्सारबाट चोरी
- प्रधानन्यायाधीशद्वारा नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई शपथ
- जिल्ला अदालत कास्कीद्वारा सहकारीका सञ्चालकसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी
- झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल-भारत सीमा स्तम्भको मर्मत सुरु
- रसुवागढी नाकाबाट चार महिनामा आठ जना पक्राउ
- हुम्ला र मुस्ताङमा बिहानैदेखि हिमपात सुरु
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया