Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिप्रहरीद्वारा प्रसाईंका प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार

प्रहरीद्वारा प्रसाईंका प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार


काठमाडौं । काठमाडौंको बल्खुमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंका प्रदर्शनकारीहरुमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । नागरिक बचाउ अभियानको जुलुस कालीमाटीतर्फ प्रस्थान गर्न लाग्दा प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

प्रसाईंका प्रदर्शनकारी र प्रहरीबीच झडपपछि भागाभाग भएका थियो । प्रसाईंलाई प्रदर्शन गर्नका लागि बल्खु तोकिए पनि उनीहरू कालिमाटीतर्फ लाग्न खोजेपछि प्रहरीले उनीहरूलाई रोकेको थियो । प्रहरीले रोकेपछि त्यहाँ झडप सुरु भएको थियो । प्रहरीले आन्दोलनकारीमाथि पानीको फोहरा समेत प्रहार गरेको छ । प्रदर्शनकारीलाई प्रहरीले बल्खुमा नै रोकेको छ ।

प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरिरहेका छन् । यसअघि सोही स्थानमा प्रसाईं समूह र युवा संघका कार्यकर्ताबिच झडप भएको थियो ।


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया