Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिभोलिदेखि काठमाडौं बन्द गर्ने दुर्गा प्रसाईंको चेतावनी

भोलिदेखि काठमाडौं बन्द गर्ने दुर्गा प्रसाईंको चेतावनी


काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भोलिदेखि काठमाडौं बन्द गर्नेे चेतावनी दिएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र खारेज गरेर राजतन्त्र फर्किनुपर्ने मुख्य माग राखेको प्रसाईं समूहले आज(बिहिबार) बल्खुमा गरेको आन्दोलनमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।

झडपले तितरबितर भएपछि पत्रकारसँग बोल्दै प्रसाईंले आज केही मात्रामा खुलेपनि भोलिदेखि काठमाडौं बन्द हुने चेतावनी दिएका छन् । उनले बल्खुमा प्रहरीसँग भएको झडपमा करिब नौ जना मात्र आन्दोलनकारी घाइते भएको बताएका छन् भने प्रहरीतर्फ ३० जना घाइते भएको बताएका छन् ।

उनले बैंकको ब्याज र सहकारी तथा लघुवित्तको ठगीबाट आजित नागरिक सबैले भोलिदेखि काठमाडौं बन्द गर्ने दाबी गरे । मुलुकको शासन व्यवस्था परिवर्तनका लागि आन्दोलन सुरू गरेको बताउने राजावादी अभियन्ता प्रसाईंले काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी गराउन उपत्यका बाहिरबाट हजारौं मान्छे ओसारेका छन् । उनीहरूलाई तत्काल घर नफर्काउने उनको योजना छ । आन्दोलनको विस्तृत कार्यक्रम घोषणा नगरिएको भए पनि आजदेखि दैनिक राजधानीमा प्रदर्शन गर्ने बताइएको छ ।

प्रसाईंको आन्दोलनमा सहभागी हुन बाहिरबाट कति मान्छे काठमाडौं आएका छन् भन्ने एकिन भने छैन । तर, प्रसाईं समूहले एक लाखभन्दा बढी मान्छे उपत्यकाबाहिरबाट आएको दाबी गरिरहेको छ । उता प्रहरीले भने यो संख्या पाँच हजारको हाराहारीमा मात्रै भएको जनाएको छ ।


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया