Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिनेता बस्नेतको अभिव्यक्तिः सरकारको आयु छोटो रहेको र दुर्गा प्रसाईं हावा खुस्किएको व्यक्ति

नेता बस्नेतको अभिव्यक्तिः सरकारको आयु छोटो रहेको र दुर्गा प्रसाईं हावा खुस्किएको व्यक्ति


काठमाडौं । तीनकुनेमा एमाले भ्रातृ संगठन युवा संघको शक्ति प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले अहिलेको सरकारको आयु छोटो भएको बताएका छन् भने दुर्गा प्रसाईं हावा खुस्किएको व्यक्ति भएको टिप्पणी गरेका छन् । युवा संघले आज(बिहीबार) राजधानीमा आयोजना गरेको विरोध प्रदर्शनमा सम्बोधन गर्दै बस्नेतले अहिले धेरै अराजनीतिक तत्वहरू फेरि राजा बनाउँछु भन्दै हिँडेको र यो एमालेलाई सह्य नहुने बताएका हुन् ।

उनले लोकतन्त्रको विकल्प राजतन्त्र नहुने बताउँदै आफूहरुको विरोध प्रदर्शन दुर्गा प्रसाईंविरूद्ध नभएको स्पष्ट्याएका छन् । प्रसाईंलाई अराजकतावादीको संज्ञा दिँदै यो विरोधलाई प्रसाईंसँगको आन्दोलनलाई जोड्न नहुने बताउँदै उनले भने, ‘हामीले महँगी, भ्रष्टाचार, अनियमितता र जनताको सरोकारका मुद्दाको आवाज उठाउनको लागि विरोध प्रदर्शन गरेका हौं । यो विरोध प्रदर्शन तस्करीविरुद्धको हो, उत्पीडनमा रहेका नेपालीको पक्षका लागि हो । यस्तै, हिंसामा परेका महिलाहरूको न्यायको लागि हो । गरिब जनताको लागि हो । सकारात्मक ऊर्जाको लागि हो ।’

युवा संघलाई चुनौती दिन खोज्ने प्रसाईंले आज बल्खुमा तीन सयभन्दा बढी मान्छे उतार्न नसकेको उनले बताएका छन् । उनले भने, ‘एमालेले समाज रुपान्तरणको अभियान चलाउने हो । हामी कसैलाई हस्तक्षेप गर्दैनौं । कसैको विरुद्ध कार्यक्रम गर्दैनौं । तर, हाम्रो कार्यक्रमविरुद्ध निहु खोजेर आउँछ भने छाड्दैनौं । दुर्गा प्रसाईंको आजबाट हावा खुस्किएको छ । म चेतावनी दिन चाहन्छु भोलिदेखि ठीक ठाउँमा बस, अब हामी यो कार्यक्रम सात प्रदेशमा विस्तार गर्दैछौं ।’

केपी ओलीको नेतृत्वमा मध्य पहाडि लोकमार्ग केन्द्रित अभियान सकाएपछि जनप्रदर्शनको कार्यक्रमलाई सात प्रदेशमा विस्तार गर्ने उनले बताएका छन् । उनले भने, ‘सम्भवत हामी फागुनमा काठमाडौंमा मानवसागर उतार्छौ । त्यसपछाडि यी अराजकतावादी, अपराधि र तस्करहरुलाई सदाको लागि सफा गर्छौ ।’

त्यस्तै, प्रधानमन्त्री प्रचण्डले पनि आफू नसच्चिए सिंहदबारको कुर्सीबाट ल्याएर सडकमा पछार्ने अभिव्यक्ति दिदैँ नेता बस्नेतले भने, ‘हामीले कानून मान्यौं, निषेधित क्षेत्र तोडेनौं । प्रचण्डजीलाई पनि चेतावनी दिन चाहन्छु तपाईं सच्चिनु भएन भने तपाईंको ३२ सिटे पार्टी र तपाईं जोगिन नेपाली जनताको भविष्य अन्धकारमय बनाउनुभयो भने सिंहदबारको कुर्सीबाट ल्याएर माइतीघरमा होकि तीनकुनेको सडकमा पर्छार्ने हो त्यो तागत एमालेसँग छ ।’

नेता बस्नेतले सरकारको ध्यान तान्नको लागि विरोध गरिएको र यसलाई बेवास्ता गरिए सरकारले लगाएको निषेधाज्ञा क्षेत्र तोड्न बाध्य हुने चेतावनी दिएका छन् । अहिलेको सरकारको आयु छोटो रहेको बताउँदै उनले भने, ‘यो सरकारको आयु छोटो छ । छोटो आयु भएको मानिस उखरमाउलो हुन्छ भन्छन् । त्यसैले प्रचण्डको सरकार उखरमाउलो भइरहेको छ । यिनीहरु सबैका लागि खतरा हो ।’


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया