Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिप्रसाईंको नजरबन्दविरुद्ध सर्वोच्चमा रिट दायर

प्रसाईंको नजरबन्दविरुद्ध सर्वोच्चमा रिट दायर


काठमाडौं । गणतन्त्र विरोधी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई घरमै नजरबन्द गरेर राखिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । प्रसाईं पक्षका कानुन व्यवसायीले आज(शुक्रबार) सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका हुन् ।

सुरक्षाकर्मीले प्रसाईंलाई भक्तपुरस्थित निवासमा नजरबन्द गरेपछि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक प्रसाईंले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका हुन् । प्रसाईंको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका हुन् । रिटमा जिल्ला प्रशासन कार्यालय भक्तपुर र जिल्ला प्रहरी परिसर भक्तपुरलाई विपक्षी बनाइएको छ । उक्त रिट निवेदनमाथि आइतबार सुनुवाइ हुने भएको छ ।

आज भक्तपुरस्थित प्रसाईंको घर वरपर सुरक्षाकर्मीको बाक्लो उपस्थित छ। उनी घरबाट बाहिर निस्केका छैनन्। यस्तै तीनकुनेमा प्रदर्शनमा आउनेहरुलाई पनि प्रहरीले धमाधम पक्राउ गरिरहेको छ। नागरिक बचाउ अभियानका नाममा प्रसाईंले अराजक शैलीमा भाषण गर्नेदेखि प्रदर्शन गर्ने र गणतन्त्र फालेर राजा ल्याउनेसम्म बताउँदै आएका छन् ।

बिहीबार राजधानीको बल्खुमा केन्द्रित रहेर विरोध प्रदर्शन आयोजना गरेका प्रसाईंले शुक्रबार तिनकुनेमा प्रदर्शन गर्ने तयारी गरेका थिए । तर, स्थानीय प्रशासनले शुक्रबार तिनकुने क्षेत्रमा प्रदर्शनको अनुमति नदिने भनेपछि सो क्षेत्रमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी उनका केही समर्थकलाई नियन्त्रणमा लिइएको छ भने प्रसाईंलाई उनकै निवासमा नजरबन्ध गरिएको छ । उनलाई स्थानीय प्रशासनले घरबाट बाहिर निस्किन दिएको छैन । जिल्ला प्रशासन कार्यालय भक्तपुरले भने प्रसाईंलाई उनकै सुरक्षा समवेदनशीलतालाई ध्यानमा राख्दै घरमै बस्न आग्रह गरिएको जनाएको छ ।


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया