Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिमेडिकल व्यवसायी प्रसाईंका स्वकीय सचिवसहित १५ जना पक्राउ

मेडिकल व्यवसायी प्रसाईंका स्वकीय सचिवसहित १५ जना पक्राउ


काठमाडौं । प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापासहित १५ जना पक्राउ परेका छन् । थापालाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार सोमबार गौशालामा प्रदर्शन गर्ने क्रममा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेका सबै अहिले प्रहरी हिरासतमा छन् । दुर्गा प्रसाईंको अभियानका सदस्य तथा संगठन विभाग प्रमुख हरि कार्कीले पनि स्वकीय सचिव थापालाई प्रहरीले पक्राउ गरेको बताए ।

यसअघि प्रहरीले विवादास्पद अभिव्यक्ति दिने धर्मगुरू श्रीनिवास आचार्यलाई पनि पक्राउ गरेको थियो । उनी त्रिशूल बोकेर प्रदर्शनमा उत्रिएका थिए । प्रसाईंको आह्वानमा केही दिनदेखि काठमाडौंमा प्रदर्शन हुँदै आएको छ ।

पक्राउ पर्नेमा भोजराज तिमिल्सिना, निकेश बास्तोला, हरि विशुङ्खे, दीपक गोस्वामी, देवेन्द्र कार्की, भुवन परियार, यदुनाथ सिग्देल, राजु तामाङ, उबहादुर रिजाल, युभिन श्रेष्ठ, सुजन, खड्का, दिपेश खड्का, मेहरमान बस्नेतलगायत छन् । उनीहरुलाई गौशालासहित विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई मुद्दा चलाउने वा छाड्ने भन्नेबारे छलफल भइरहेको एसपी ढुंगेलले जानकारी दिए ।


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया