Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिरास्वपाले स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने

रास्वपाले स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तनहुँ–१ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने तयारी थालेको छ । रास्वपाका एक नेताका अनुसार रास्वपाको विधाननुसार उनलाई उपसभापति बनाउन लागेको हो ।

हाल महोत्तरीको जलेश्वरमा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमै वाग्लेलाई उपसभापति बनाउने तयारी छ । विधानमा दुई जना उपसभापति बनाउन मिल्छ । यसअघि रास्वपाको उपसभापति डोलप्रसाद अर्याल (डिपी) छन् । त्यसैगरी, रास्वपाले ११ जना केन्द्रीय सदस्य मनोनीत गर्ने तयारी गरेको छ । रास्वपाको अहिले ३९ सदस्यीय केन्द्रीय समिति छ । जसमा मोहनबहादुर थापाले ढाकाकुमार श्रेष्ठको अडिओ प्रकरणमा नाम मुछेकाले राजीनामा दिएका छन् ।

विधानको धारा २३ अनुसार रास्वपाले १२१ सदस्यीय केन्द्रीय समिति बनाउन सक्ने छ । त्यस्तै, विधानको धारा २५ मा सभापतिसहित ११ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ । जसमा सभापति एक, उपसभापति दुई, महामन्त्री एक, सहमहामन्त्री दुई, कोषाध्यक्ष एक, सहकोषाध्यक्ष दुई, प्रवक्ता एक र सहप्रवक्ता एक रहने विधानमा व्यवस्था छ । रास्वपाका २० सांसदमध्ये ६ जना मात्रै केन्द्रीय समिति छन्। सांसदमध्ये केहीलाई केन्द्रीय समितिमा मनोनीत गर्ने रास्वपाले तयारी थालेको छ ।


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया