Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिमैले यो सरकारको अर्को विकल्प देखेको छैन: नेता त्रिपाठी

मैले यो सरकारको अर्को विकल्प देखेको छैन: नेता त्रिपाठी


जनकपुर । पूर्वमन्त्री एवं जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयश त्रिपाठीले तत्काल वर्तमान सरकारको अर्को विकल्प आफूले नदेखेको बताएका छन् । जनकपुरधाममा मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष त्रिपाठीले अहिलेको अवस्थामा जसको नेतृत्वमा सरकार बने पनि योभन्दा फरक गर्नसक्ने परिस्थिति नरहेको बताएका हुन् ।

उनले मिश्रित निर्वाचन प्रणालीका कारण संसद्मा प्रतिनिधित्व गरेका कुनै पनि दलको बहुमत नरहेको र गठबन्धनबाट बन्ने जुनसुकै सरकारले लोकप्रिय काम गर्नसक्ला भन्नेमा आफू विश्वस्त नरहेको बताए । उनले भने, ‘प्रधानमन्त्री प्रचण्डमा केही गरौँ भन्ने चाहना छ । तर विभिन्न विचार समूहका पार्टीबाट बनेको कुनै पनि गठबन्धन सरकारले चाहेअनुसार काम गर्न सक्दैन । सङ्घीयता र विकासका सवालमा धेरै राम्रो नगरे पनि उहाँले नराम्रोचाहिँ गर्नुहुन्न भन्ने लाग्छ । त्यसैकारण निर्वाचन प्रणाली, अधिकार सम्पन्न सङ्घीयतालगायत सवालमा संविधान संशोधन गरेर लोकतन्त्रका उपलब्धिलाई बलियो बनाउँदै लैजानुपर्छ ।


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया