Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिएमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ आज समापन हुने

एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ आज समापन हुने


काठमाडौं । नेकपा एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ चिवाभञ्ज्याङ पुगेर समापन हुने भएको छ । एमालेका अनुसार आज(आइतबार) अन्तिम दिन एक सय एक किलोमिटरको यात्रा पाँचथरको फिदिमबाट चिवाभञ्ज्याङ पुगेर राष्ट्रिय झण्डा झण्डोत्तोलनसहित समापन हुने भएको हो ।

यात्रा टोली साँझ बास बस्न फिदिममा नै फर्कनेछ भने टोली सोमबार बिहान काठमाडौं आउने छ । गत मंसिर १४ गते सुदूरपश्चिम प्रदेशको बैतडीबाट सुरु भएको संकल्प यात्रामा पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरू सहभागी छन् । यो पदयात्रा मध्यपहाडका समस्याको पहिचान र समाधानका उपाय खोज्न गरिएको एमालेको जिकिर छ ।


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया