Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिलुम्बिनीमा दुई मन्त्री थपिए, केसी र थापाले आज शपथ लिँदै

लुम्बिनीमा दुई मन्त्री थपिए, केसी र थापाले आज शपथ लिँदै


दाङ । लुम्बिनी प्रदेशमा सात महिनापछि मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री चौधरीले शनिबार दुई मन्त्री थप गरेका हुन् ।

यसअघि लुम्बिनीमा मुख्यमन्त्रीसहित सात सदस्यीय मन्त्रीमण्डल थियो । शनिबार दुई मन्त्री थपिएसँगै लुम्बिनीमा नौ सदस्यीय मन्त्रीमण्डल भएको छ । नयाँ मन्त्रिपरिषद्मा नेकपा ९माओवादी केन्द्र०बाट कृष्णा केसी खानेपानी, ग्रामीण तथा सहकारी विकास र कांग्रेसका सरोज थापाले पर्यटन तथा यातायात व्यवस्थामन्त्रीको जिम्मेवारी पाएका छन् । आज उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ ।

प्युठानका थापा कांग्रेस संस्थापन पक्षका सांसद हुन् । उनी प्युठान प्रदेशसभा २ मा विजयी भएका हुन्। उनी फिल्म क्षेत्रमा रोज राणाको नामले चिनिन्छन्। यस्तै, माओवादीवाट केसीको नाम यसअघि नै पार्टीले सिफारिस गरेको थियो । बाँके जिल्लाको क्षेत्र नम्बर १ बाट विजय केसी यसअघि प्रदेशको विना विभागीय मन्त्री बनेकी थिइन् ।


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया