Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिनेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक


काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको सातौँ बैठक सुरु भएको छ । आज(बुधबार) ललितपुरमा केन्द्रीय कमिटी बैठक सुरु भएको हो ।

आजबाट सुरु हुने बैठकमा विधान संशोधनबारे छलफल हुँदैछ भने विधान संशोधनको लागि नेताहरूसँग ११ वटा प्रश्न तयार पारेर सुझाव लिइने छ । महाधिवेशन र अधिवेशनबाट प्रतिनिधि कसरी चयन गर्ने, केन्द्रीय संगठनात्मक संरचना कस्तो बनाउने, केन्द्रीय परिषद् कस्तो बनाउने, केन्द्रीय समिति कति सदस्यीय बनाउने लगायतको ११ प्रश्न तयार पारिएको छ ।

शुक्रबारसम्म चल्ने बैठकमा पार्टीको विधान हेरफेरका साथै आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोणसम्बन्धी छलफल हुने छ । बैठकले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी तोक्नेछ । साथै, आगामी महाधिवेशनबाट नेतृत्व चयन गर्ने नेकपा एसको तयारी छ । त्यस्तै, विधान संशोधनका लागि नेकपा एसले आगामी माघ १४ र १५ गते काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्दैछ ।


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया