Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिकांग्रेसको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा रक्तदान कार्यक्रम

कांग्रेसको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा रक्तदान कार्यक्रम


काठमाडौं । ललितपुर जिल्ला लापुमनपा वडा नम्बर १४ नखिपोटस्थित नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा वृहत रक्तदान कार्यक्रम सुरु भएको छ । कांग्रेस ललितपुरको जिल्ला सभापती जितेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आज(आइतबार) बिहान करिब साढे ९ बजेदेखि रक्तदान कार्यक्रम सुरु भएको हो ।

प्रेस युनियन अध्यक्ष केदार नाथ दाहाल, महालक्ष्मी नगर सचिव अशोक श्रेष्ठ, तरुणदल सदस्य सुदीप श्रेष्ठ, क्षेत्रीय प्रतिनिधि इन्द्रिरा देवी बजगाईलगायत करिब ६० जनाको उपस्थितीमा उक्त रक्तदान कार्यक्रम सुरु भएको हो ।


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया