Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिभारतीय विदेशमन्त्री जयशंकर बिहान १० बजे नेपाल आइपुग्ने

भारतीय विदेशमन्त्री जयशंकर बिहान १० बजे नेपाल आइपुग्ने


काठमाडौं । भारतीय विदेश मन्त्री एस.जयशंकर आज(बिहीबार) नेपाल आउँदै छन् । परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणमा नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन उनी नेपाल आउन लागेका हुन् ।

विदेशमन्त्री जयशंकर आज बिहान १० बजे नेपाल आइपुग्ने र ११ बजे राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास जानेछन् । त्यहाँबाट फर्केपछि मध्यान्ह १२ बजे प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा भेटघाट गर्ने छन् । १ बजे परराष्ट्रमन्त्री साउदसँग होटल याक एण्ड यतिमा भेटघाट गरेपछि उनी सवा एक बजेदेखि संयुक्त आयोगको बैठकमा सहभागी हुनेछन् । पौने २ बजे दुई देशबीच १० हजार मेगावाट बिजुली खरिद सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम हुनेछ ।

परराष्ट्र मन्त्रालयले याक एण्ड यतिमा आयोजना गर्ने दिवा भोज कार्यक्रममा उनी २ बजे सहभागी हुने बताइएको छ । विदेशमन्त्री जयशंकरले ३ बजेर ४० मिनेटमा कांग्रेसका सभापति शेरबहादुर देउवा र साढे चार बजे एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्नेछन् । साँझ ६:१५ बजे परराष्ट्र मन्त्रालयले सोल्टी होटलमा गर्ने रात्रिभोजमा मन्त्री जयशंकरलगायत नेपालका नेता, सांसद र सरकारी अधिकारीहरूको उपस्थिति रहनेछ ।

पुस २० गते बिहान ८ बजे उनले पशुपतिको दर्शन गर्नेछन् भने ९ बजे पुस्तकालय उद्घाटन गर्नेछन् । उनले त्यहाँ पुन:निर्माणका कामहरू हेर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनी मध्यान्ह १२ बजे भारत फर्किनेछन् ।


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया