Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिनेपाल आइपुगे भारतका विदेशमन्त्री एस जयशंकर

नेपाल आइपुगे भारतका विदेशमन्त्री एस जयशंकर


काठमाडौं । भारतीय वायुसेनाको विशेष विमान आइएफसी–३१ बाट भारतका विदेशमन्त्री एस जयशंकर नेपाल आइपुगेका छन् । उनी आज(बिहीबार) बिहान साढे ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन् ।

मन्त्री जयशंकरलाई परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरेका छन् । उनी विमानस्थलबाट बास बस्नका लागि व्यवस्था गरिएको नक्सालस्थित होटेल मेरियटमा गएर केहीबेर आराम गर्नेछन् । त्यसपछि जयशंकरले उच्चस्तरीय राजनीतिक भेटघाट थाल्नेछन् । मन्त्री जयशंकरले बिहान ११ बजे शिलत निवासमा राष्ट्रपति रामचन्द्र पौडेल र १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्ने कार्यक्रम छ ।

उनी दिउँसो १ बजे दरबारमार्गस्थित होटेल याक एण्ड यतिमा सुरू हुने परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुनेछन् । बैठकमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री एनपी साउदले नेतृत्व गर्दैछन् ।


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया