Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिभारतले २० करोडका योजना बाँड्ने सम्झौताविरुद्ध खनाल, खारेज नभए आन्दोलनको चेतावनी

भारतले २० करोडका योजना बाँड्ने सम्झौताविरुद्ध खनाल, खारेज नभए आन्दोलनको चेतावनी


काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नेपाल र भारतबीच भएको ‘उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजना’का नाममा भएको सम्झौताको विरोध गरेका छन् । नेपालस्थित भारतीय राजदूतावासबाट २० करोडका योजनाहरू नेपालमा सोझै बाँड्न सकिने गरी भएको सम्झौताको उनले विरोध गरेका हुन् ।

उनले सार्वभौमसत्ता सम्पन्न र स्वतन्त्र राष्ट्रका निम्ति यो लज्जाजनक र राष्ट्रिय हितविरोधी सम्झौता भएको बताएका छन् । उनले विज्ञप्तिमार्फत भने, ‘गठबन्धन सरकारले गरेको सम्झौताले हामी सम्पूर्ण देशभक्त नेपालीलाई स्तब्ध, आश्चर्यचकित र क्रुद्ध बनाएको छ । विगत पञ्चायतकालदेखि नै हाम्रो गौरवमय मातृभूमिको स्वतन्त्रता र सार्वभौमसत्तालाई सीमित बनाउने षड्यन्त्रहरू हुँदै आएका थिए । प्रचण्ड प्रधानमन्त्री भएका बेलामा त्यस्ता कुरा सच्चाइने छन् भन्ने आश जनताले गरेका थिए । तर, उहाँकै नेतृत्वको गठबन्धन सरकारले एउटा विदेशी राजदूतावासलाई सोझै २० करोडका योजनाहरू लागू गर्न दिने अकल्पनीय राष्ट्रियता विरोधी सम्झौता गर्न पुगेको छ ।’

नेपाल र नेपाली जनताको सार्वभौमिकता र सार्वभौम अधिकारमाथि नै खेलबाड भएको उक्त सम्झौता तुरुन्त रद्द नगरिए नेपाली जनता सरकारविरुद्ध सडकमा उत्रिन बाध्य हुने खनालले चेतावनी दिएका छन् ।

नेता खनालको प्रेस विज्ञप्ति र नेपाल र भारत सरकारबीच भएको ‘उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजना’सम्बन्धी सम्झौतापत्र:

नेपाल सरकार र भारत सरकारबीच भएको ‘उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजना’सम्बन्धी सम्झौतापत्र


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया