Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारगण्डकी प्रदेशशासनपद्धति जीवन पद्धतिसँग जोडिनुपर्दछ : प्रदेश प्रमुख गुरुङ

शासनपद्धति जीवन पद्धतिसँग जोडिनुपर्दछ : प्रदेश प्रमुख गुरुङ


गण्डकी । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शासन पद्धति जीवन पद्धतिसँग जोडिनुपर्ने बताएका छन् । गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा बिहीबार पोखरामा आयोजित विशेष समारोहको उद्घाटन गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्थासँगै स्थापित प्रदेश केवल शासन प्रणालीका रुपमा मात्र नभइ नागरिकको जीवन पद्धति र शैलीका रुपमा स्थापित हुनुपर्ने बताए ।

“सङ्घर्षका बेला जनताका सामु तपाईँहामीले गरेका प्रतिबद्धता पूरा गर्ने गरी शासन पद्धतिलाई अघि बढाउनसक्ने हो भने मात्र आम नागरिकले लोकतन्त्रको सुखद अनुभूति गर्न पाउने छन्”, उनले भने । आम नागरिकले पटक–पटक फेरिने मुद्दा र नारा होइन परिणाममा उपलब्धि खोजिरहेको बताउँदै उनले अबका योजना परिणाम दिने गरी बन्ने अपेक्षा गरे ।

यसअघि निमित्त प्रदेश सरकारका माध्यमबाट जनस्तरमा धेरै कार्य भएको उल्लेख गर्दै उनले जनताको घर दैलोमा प्रदेश सरकारका माध्यमबाट हुने विकास र समृद्धिका कार्यको राम्रो सुरुआत भएको र समृद्ध गण्डकी प्रदेश बनाउन धेरै कार्य गर्न अझै बाँकी नै रहेको राससलाई बताए ।

जनताले प्रदेश सरकारका माध्यमबाट जुन उपलब्धिको आशा गरेका छन् त्यो पूरा गर्न प्रदेश सरकार अझै गम्भीर भएर लाग्न जरुरी भएको बताउँदै प्रदेश प्रमुख गुरुङले सरकारले विभिन्न राजनीतिक दल र आम नागरिकको भावनालाई समेटेर साझा बाटोमा हिँड्नुपर्ने आवश्यकता औंँल्याए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले केन्द्र आश्रित प्रदेश अन्त्य गर्ने कुरामा आफूले पहल गरेको बताए । संविधानको मर्मअनुसार अधिकारको प्रत्यायोजन नहुँदा समस्या आएको बताउँदै उनले प्रदेशको समृद्धि र विकासका लागि सत्तापक्ष, प्रतिपक्ष सबै एक ठाउँमा भएर अघि बढ्नुपर्ने बताए ।

गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले प्रदेश संरचनालाई व्यवस्थित बनाउँदै लैजानेतर्फ सबैको सामूहिक प्रयास आवश्यक भएको बताए । गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशको संरचनामाथि भइरहेको आक्रमणको जवाफ कामले दिनुपर्ने बताए । प्रदेशको औचित्य पुष्टि हुने गरी काम गर्नुपर्नेमा जोड दिँदै उनले जनताको नजिकैको प्रदेश सरकारले चुनौतीका बीचमा पनि अवसर खोज्दै अघि बढ्नुपर्ने बताए ।

पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानको मर्म र भावनाअनुरुप केन्द्रले निर्वाध रुपमा अधिकार प्रत्यायोजन गर्नुपर्ने बताए । प्रदेशको समृद्धिका लागि कोरोला त्रिवेणी सडकलाई व्यवस्थित गर्नुपर्ने र आएका समस्यालाई समाधान गर्नुपर्ने उनको भनाइ छ ।

गण्डकी प्रदेशका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्र पाण्डेले प्राप्त उपलब्धिलाई रक्षा गर्ने सबैको साझा दायित्व भएको बताए । संविधानले दिएका अधिकारलाई तीनवटै तहले आपसी समन्वयका साथ उपयोग गर्ने वातावरण तयार हुनुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहा थापा, उच्च अदालत पोखराका मुख्य न्यायाधीश डिल्लीराज आचार्य, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायतले प्राप्त उपलब्धिलाई रक्षा गर्दै प्रदेशको समृद्धि र विकासका लागि सबै एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।


क्याटेगोरी : प्रदेश समाचार, गण्डकी प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x