Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीदेशभर जनचेतनामूलक ७१औँ विश्व कुष्ठरोग दिवस मनाइँदै

देशभर जनचेतनामूलक ७१औँ विश्व कुष्ठरोग दिवस मनाइँदै


काठमाडौँ । देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी आइतबार विश्व कुष्ठरोग दिवस मनाइदैछ । ‘कुष्ठरोगसम्बन्धी गलत अवधारणाको अन्त्य गरी मर्यादित व्यवहार गरी’, भन्ने मूल नारासहित ७१औँ विश्व कुष्ठरोग दिवस मनाउन लागिएको हो ।

यसवर्षको नाराले कुष्ठ प्रभावित व्यक्तिको स्मरण गर्दै रोगबारे चेतना जगाउने, कुष्ठरोगसँग सम्बन्धित लाञ्छना एवं भेद्भावको अन्त्य गर्न र मर्यादित व्यवहार गर्न ध्यानाकर्षण गराउने रहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीले दिवसका अवसरमा स्वास्थ्य सेवा विभागद्वारा आइतबार आयोजित कार्यक्रममा अझै पनि विश्वभर कुष्ठरोगबाट धेरै व्यक्ति प्रभावित भएको बताए ।

विश्वभर अझै पनि कुष्ठरोगबाट प्रभावित व्यक्तिले लाञ्छना, भेद्भाव र स्वास्थ्य सेवामा पहुँचको अभावको सामना गरिरहनु परेको हुँदा यसलाई रोकी कुष्ठरोग अन्त्य गर्न सरकार तथा सबै सरोकारवाला निकायको तत्काल पहल र प्रतिबद्धताको आवश्यकता रहेको डा मरासिनीले बताए ।

कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखा प्रमुख डा. प्रशन्न नापितका अनुसार कुष्ठरोग माइकोब्याक्टेरियम ‘लेप्रे’ नामको सुक्ष्म जीवाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । विश्व कुष्ठरोग दिवस फ्रान्सका प्रसिद्ध मानवतावादी रावल फोलेरियोले कुष्ठरोगको समुचित उपचार गरी निवारण गर्ने, जनचेतनाको माध्यमबाट कुष्ठरोग नियन्त्रण र न्यूनीकरण गर्ने तथा कुष्ठरोग प्रभावितप्रतिको भेद्भावलाई हटाउने उद्देश्यले सन् १९५४ देखि थालनी गरिएको हो ।

यो रोग मानिसबाट मानिसमा सर्ने भएकोले उपचार नगरेको कुष्ठरोग बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यत श्वासप्रश्वासको माध्यमबाट यो रोग सर्न सक्छ तर उपचार गरे पूर्णरुपमा यो रोग निको हुने, डा.डा नापितले बताए ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली

तपाईको प्रतिक्रिया