नेपालमै कलेजो प्रत्यारोपण गर्न सक्षम भयौँ : डा. भण्डारी
काठमाडौँ । नेपालमै अब कलेजोको सफल प्रत्यारोपण हुने भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जमा नेपालमै पहिलोपटक नेपाली चिकित्सकबाट कलेजोको सफल प्रत्यारोपण गरिएको हो । यसअघि भारतमा तथा नेपालमै पनि भारतीय चिकित्सकको सहयोगमा कलेज प्रत्यारोपण गर्ने गरिएकामा अब नेपालमै नेपाली चिकित्सिकले नै यो काम गर्ने भएका हुन् ।
अस्पतालका कलेजो प्रत्यारोपण युनिटका प्रमुख प्रा. डा. रमेशसिंह भण्डारीको नेतृत्वमा गत पुस २७ गते नेपाली चिकित्सकको टोलीले ४१ वर्षीय पुरुषमा कलेजोको सफल प्रत्यारोपण गरेको हो । त्यसपछि नेपालमै नेपाली चिकित्सकले कलेजोको प्रत्यारोपण गर्न सक्छौँ भन्ने आत्मविश्वास बढेको उनको भनाइ छ ।
“हामी नेपालमै कलेज प्रत्यारोपणमा सक्षम भएका छौं । नेपालमै कलेजो प्रत्यारोपणका लागि यो ऐतिहासिक र कोसेढुङ्गा हो”, उनले भने, “यसअघि हामी विदेशी चिकित्सकको सहयोगमा कलेजो प्रत्यारोपण गर्दै आइरहेका थियौँ ।” उनका अनुसार यसअघि अस्पतालमा कलेजो प्रत्यारोपण गर्न भारतीय चिकित्सकको सहयोग लिने गरिन्थ्यो । अस्पतालमा गरिएको यो कलेजो प्रत्यारोपण ११औँ सफल प्रयास हो ।
अस्पतालमा गत पुस २७ गते नुवाकोटका ४१ वर्षीय पुरुषमा कलेजो प्रत्यारोपण गरिएको थियो । ती पुरुषलाई ४० वर्षे श्रीमतीले कलेजो दान गरेकी थिइन् । चिकित्सक डा. भण्डारीले दुवैको स्वास्थ्य राम्रो रहेको बताए ।
उनका अनुसार कलेजोको सफल प्रत्यारोपण गरेका बिरामी अहिले स्वस्थ्य भई आजै बिहान डिस्चार्ज भएका छन् । उनकी श्रीमती भने १० दिनमा डिस्चार्ज भएकी थिइन् ।
वरिष्ठ कलेजो रोग विशेषज्ञ डा. भण्डारीले ५० जना चिकित्सकसहितको टोलीले करिब १२ घण्टामा ती पुरुषमा कलेजो प्रत्यारोपण गरिएको राससलाई बताए । अस्पतालमा कलेजो प्रत्यारोपणका लागि २५ देखि ३० लाख खर्च लाग्छ । विदेशमा भने कलेजो प्रत्यारोपण गर्न करिब एक करोड लाग्छ ।
नेपालमा सरकारी त्रिवि शिक्षण अस्पताल र मानव अङ्ग प्रत्यारोषण केन्द्रमा कलेजो प्रत्यारोपण गरिन्छ । प्रत्यारोपण केन्द्रमा सन् २०१६ र त्रिवि शिक्षण अस्पतालमा सन् २०१९ बाट कलेजो प्रत्यारोषण सुरु गरिएको हो ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ताजा अपडेट
- शेयर बजारमा नौ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट
- अनशनरत भण्डारीको जीवनरक्षाको माग
- बैतडीमा निःशुल्क आँखा शिविरबाट दुई हजारभन्दा बढी सेवाग्राही लाभान्वित
- दैलेखमा ‘सेवाग्राहीसँग प्रजिअ’ कार्यक्रम
- दीपुर–रिठ्ठेबगर–नौथर सेरा सडक निर्माण सुरु
- सन्दीपको मुद्दा : गौशाला २६ पक्षको बहस सकियो
- एमाले संसदीय दलको बैठक सुरु
- भिजिट भिसामा कुवेत पुर्याई बन्दक बनाएको आरोपमा दुई जना पक्राउ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया