नयाँदिल्ली । भारतीय सेयरबजार सोमबार इतिहासकै उच्च विन्दुमा पुगेको छ । प्रमुख दुई सेयरबजार सूचकहरु ‘बीएसई सेन्सेक्स’ र ‘निफ्टी ५०’ अहिलेसम्मकै उच्च विन्दुमा कायम भएका छन् ।
सेन्सेक्स सोमबार एक हजार तीन सय ८३ अंक (दुई दशमलव शून्य पाँच प्रतिशत)ले बढेर ६८ हजार आठ सय ६५ विन्दुमा पुगेको छ । यस्तै अर्को सूचक निफ्टी ५० चार सय १९ अंकले बढेर २० हजार छ सय ६९ विन्दुमा बन्द भएको छ ।
सोमबार वित्तीय र ऊर्जा क्षेत्रका कम्पनीहरुको सेयरमूल्य बढेपछि बजारले नयाँ रेकर्ड बनाएको हो ।
भारतीय अर्थतन्त्रमा क्रमिक सुधार देखिएपछि सेयरबजारमा उछाल आएकोे विश्लेषण गरिएको छ । गत सेप्टेम्बरमा भारतीय अर्थतन्त्रको विस्तार सात दशमलव ६५ प्रतिशतले भएको थियो । उत्पादन बढेपछि भारतीय अर्थतन्त्रमा राम्रो सुधार देखिएको हो । भारतीय सेयरबजारमा विदेशी लगानीकर्ता पनि पुनः प्रवेश गरिरहेका छन् । यसले लगानीकर्ताको मनोबल बढेको छ ।
यस्तै, विभिन्न राज्यमा भएको निर्वाचनको नतिजाले पनि बजारलाई साथ दिएको विश्लेषण गरिएको छ । चारवटा राज्यमा भएको राज्यसभा निर्वाचनमा सत्तारुढ दल भारतीय जनता पार्टी तीन राज्यमा बहुमतसहित विजयी भएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- न्युयोर्कमा २५६८औँ बुद्ध जयन्ती मनाइयो
- एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान
- बजेटमा व्यापक छलफल गर्न अध्यक्ष ओलीको निर्देशन
- श्रम क्षेत्रको समस्या समाधानको माध्यम ‘श्रमाधान रोजगार मेला’ : मन्त्री अर्याल
- स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन
- नागरिकका गुनासा सुन्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन
- आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली
- चार दिनदेखि युवक सम्पर्कविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया