काठमाडौं । काठमाडौंको न्युरोडबाट अवैध सात किलो सुनसहित एक सुनचाँदी व्यवसायी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध सुन र हुन्डी कारोबार गरेको आरोपमा मंगलबार दिउँसो न्युरोडका दुईवटा पसलमा छापा मारी सुनचाँदी व्यवसायीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कैलाली घर भई हाल काठमाडौंको नागार्जुन बस्ने पदम पाण्डे रहेका छन् । प्रहरीले न्युरोडस्थित पाण्डेले सञ्चालन गरेको ओम पर्ल गोल्ड प्रालि र कैलाश ज्वेलर्समा छापा मारेको थियो । सो क्रममा उनको पसलबाट अवैध सात किलो १८५ दशमलव ३३५ ग्राम सुन तथा सुनका गरगहना, चार हजार एक सय अमेरिकी डलर, स्रोत नखुलेको ३९ लाख ५० हजार नेपाली रकम पाइएको प्रहरीले जनाएको छ । प्रहरीले पसलबाट अवैध सुन तथा रकम, मोबाइल र विभिन्न कागजातहरू बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले पक्राउ परेका पाण्डेले काठमाडौंका विभिन्न ठाउँमा बिल–बिजकविनाको सुनका गरगहनाहरू बिक्री गर्ने तथा गैरकानुनीरूपमा हुण्डीमार्फत वित्तीय कारोबार गरेको पाइएको बताए । प्रहरीका अनुसार पाण्डेले तस्करीको सुन गालेर बिक्री गर्ने गरेका थिए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ परेका पाण्डेलाई गैरकानुनी हुन्डीमार्फत वित्तीय कारोबार गरेको पाइएकाले नेपाल राष्ट्र बैंक ऐनअन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको जनाएको छ । यस्तै, बिल–विजकविना सुनको गरगहना विक्री वितरण गर्ने गरेको र अमेरिकन डलरसमेत बरामद भएकाले राजस्व छलिसम्बन्धी कसुरमा थप अनुसन्धान गर्न राजस्व अनुसन्धान विभागलाई पत्राचार गरिएको जनाएको छ ।
क्याटेगोरी : बिबिध
ट्याग : #Page 8
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया