लुुम्बिनी विकास बैंकद्वारा आफ्ना कर्मचारीको कोरोना बीमा
काठमाडौं, जेठ ११
लुम्बिनी विकास बैंकले आफ्ना कर्मचारीहरूको कोरोना भाइरस (कोभिड १९) महामारीविरुद्धको बीमा गरेको छ । बैंकमा कार्यरत हरेक कर्मचारीहरूको स्वास्थ्यको ख्याल गर्दे प्रतिकर्मचारी एक लाखको कोरोना बीमा गर्न एभरेष्ट इन्योरेन्स कम्पनीसँग सम्झौता गरेको बैंकले जानकारी दिएको छ । सम्झौताअनुसार बैंकमा कार्यरत कुनै पनि कर्मचारीको कोरोना भाइरस परीक्षण गर्दा पीसीआर टेस्ट पोजेटिभ पाइएमा इन्स्योरेन्स कम्पनीले तोकिएबमोजिमको रकम क्षतिपूर्तिबापत उपलब्ध गराउने छ ।
यो पोलिसी मिति २०७७ जेष्ठ ९ गतेदेखि लागू भई एक वर्षसम्म मान्य हुने बैंकले जानकारी दिएको छ । कोरोनाको महामारी फैलिएको यो परिस्थितिमा अहोरात्र खटिरहनुभएका कर्मचारीको मनोबल केही हदसम्म भए पनि बढ्ने विश्वास बैंकले लिएको छ । यो विषम परिस्थितिमा सम्भव भएसम्म डिजिटल माध्यमबाट बैंकिङ कारोबार गर्न समेत बैंकले ग्राहकलाई आग्रह गरेको छ । बैंक हालसम्म देशभरका सातवटै प्रदेशमा ६८ वटा शाखा र १६ वटा एटीएममार्फत करिब साढे दुई लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया