खल्ती र कनेक्ट आईपीएसबाटै डिम्याट तथा मेरो सेयर नवीकरण गर्न सकिने
काठमाडौं, जेठ १८
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको बैंकको सहायक कम्पनी एनआईबीएल एस क्यापिटल लिमिटेडमा आफ्नो डिम्याट खाता र मेरो सेयर भएका ग्राहकहरूको वार्षिक नवीकरण खल्ती र कनेक्ट आईपीएसबाट गर्न सकिने भएको छ । क्यापिटलले आफ्ना ग्राहकहरूलाई सहज तरिकाले सेवा सुविधा दिने उद्देश्यले उक्त व्यवस्था गरेको हो । क्यापिटलले व्यवसाय एवं स्टार्ट अपहरूलाई कोभिड–१९ बाट परेको प्रभावको लेखाजोखा, सम्भाव्यताको अध्ययन, विकल्पहरूको सुझाब र पुँजी व्यवस्थापन समेतमा सहयोग प्रदान गर्ने उद्देश्यले नयाँ दुई थरी एडभाइजरी प्रडक्ट समेत सञ्चालनमा ल्याएको छ ।
महामारीका बीच व्यवसायलाई थप विस्तार एवं विविधीकरण गर्दै परामर्श प्रधान सेवाहरू सञ्चालनमा ल्याएको हो । यसअन्तर्गत बिजनेस एसेसमेन्ट एन्ड इम्प्याक्ट एनालाइसिस नामक सेवाले ग्राहकलाई उनीहरूको व्यवसायमा महामारीको प्रभावको लेखाजोखा, विश्लेषण र परामर्शको सेवा दिनेछ । यसले ग्राहकलाई व्यवसाय जोगाउन चाल्नुपर्ने कदम, विविधीकरण एवं नवप्रवर्तनका सम्भावना देखाइदिनेछ । साथै, व्यवसायको पुँजी जुटाउन र तत्कालीन समस्याको समाधानमा विकल्पहरूको खोजीमा समेत सहयोग गर्ने उद्देश्यले स्टार्टअप सेटअप एन्ड क्यापिटल फन्डिङ नामक सेवा ल्याएको छ । यो सेवाले ग्राहकलाई पुँजी जुटाउन, बजारको लेखाजोखा एवं वित्तीय सम्भाव्यताको अध्ययन गर्नमा सघाउ पु-याउनेछ ।
एनआईबीएल एस क्यापिटलले अहिले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जीवनबिमा, निर्जीवन बिमा, माइक्रो फाइनान्स र जलविद्युत् कम्पनीहरूलाई आईपीओ, एफपीओ बिक्ती प्रबन्ध तथा व्यवस्थापनको सेवाका साथै परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । क्यापिटलले हाल एनआईबीएल समृद्धि कोष–१, एनआईबीएल प्रगति फन्ड, नेपाल एनआईबीएल सहभागिता फन्ड जस्ता कोषहरूको प्रबन्ध एवं पोर्टफोलियो म्यानेजमेन्ट सेवा पनि दिइरहेको छ । एनआईबीएल एस क्यापिटल सेयरबजार तथा लगानी प्रबन्धको एउटा अग्रणी व्यावसायिक स्थापित संस्था हो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया