तोकिएको समयमा नवीकरण नगरेका ५ वटा मनिचेञ्जर कम्पनीको राष्ट्र बैंकले ग¥यो लाइसेन्स रद्द
तोकिएको समयमा नवीकरण नगरेका इजाजपत्र प्राप्त ५ वटा मनिचेञ्जर कम्पनीको नेपाल राष्ट्र बैंकले लाइसेन्स रद्द गरेको छ । केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले तोकिएको समयमा नवीकरण नगरेका इजाजपत्र प्राप्त मनिचेञ्जरहरुको इजाजतपत्र रद्द गरिएको हो।
नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप–विनियम (३) बमोजिम खारेज गरिएको राष्ट्र बैंकले बताएको छ।
लाइसेन्स खारेज हुने कम्पनीहरुमा फेयर मनि एक्सचेञ्ज प्रालि बसन्तपुर, काठमाडौं, न्यातपोल मनि एक्सचेञ्ज प्रालि तौमढी भक्तपुर, कैलाश मनि एक्सचेञ्ज प्रालि क्षेत्रपाटी काठमाडौं, ग्रेस मनि एक्सचेञ्ज प्रालि टिमुरे गोसाइकुण्ड रसुवा र रुट नेपाल मनि एक्सचेञ्ज प्रालि लालदरबार, काठमाडौं रहेको राष्ट्र बैंकले बताएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार, समाचार
ताजा अपडेट
- नवलपरासी कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी
- बक्यौता असुली गर्न विराटनगर भन्सार सक्रिय
- समसामयिक राजनीतिक व्यङ्ग्य
- छाया सेन्टरबारे संयुक्त राष्ट्र संघको चासो
- सवारीसाधन र घरजग्गा कर्जा खुकुलो
- स्टार्ट–अपलाई १० वर्षसम्म आयकर छुट
- एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
- जाहेरी दिएपछि कार्यान्वयन गर्न थप के–के गर्नुपर्छ महोदय ?
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया