कुपण्डोलमा कौसी खेती प्रवर्द्धन गर्न प्रतियोगिता
काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर १ कुपण्डोलमा कौसी खेती प्रवर्द्धनका लागि कौसी खेती प्रतियोगिता हुने भएको छ । गृहिणी महिलाहरूलाई लक्षित गरी प्रतियोगिता आयोजना गर्न लागिएको हो । यसमा कौसी खेतीका तरकारी, साना फलफूल तथा पुष्प खेती व्यवस्थापनलाई समेत समेटेको छ ।
वडाबाट एक घर एक कम्पोस्टविन वितरण अभियान सम्पन्न भएपश्चात कम्पोस्ट विनबाट बनेको मलको सही सदुपयोग गर्ने उद्देश्यले यस प्रतियोगिता आयोजना गर्न लागिएको वडा कार्यालयले जनाएको छ । यस प्रतियोगितामा भाग लिनको लागि कुनै शुल्क नलाग्ने र वडा नम्बर १ भित्र घर हुनुपर्ने बताइएको छ । उत्कृट प्रतियोगी छनौटका लागि वडा कार्यालयले विभिन्न विधि तय गरेको छ । जसमा कौसी वा बगैंचाको लेआउट, कम्पोस्ट मलको प्रयोग, फोहोरमैलाको व्यवस्थापन, मौसमअनुसारको बिरुवा छनौट, नियमित हेरचाह तथा पानीको प्रयोगजस्ता मापदण्डहरूको आधारमा उत्कृष्ट छनौट हुनेछन् । कार्यालयको रेकर्डअनुसार हालसम्म प्रतियोगितामा एक सय ५० जना बढीले सहभागिता जनाएका छन् । वडाध्यक्ष निर्मल तण्डुकारका अनुसार फोहोरमैला व्यवस्थापन, नेपालमा आयात हुने तरकारीको केही मात्रामा विस्थापन गरी आत्मनिर्भरता, अर्गानिक र स्वच्छ खाद्यान्नको उपयोग, हरियाली प्रवर्द्धनमार्फत प्रदूषणमुक्त वातावरण निर्माणलगायत विविध उद्देश्यहरू लिएर यो कार्यक्रम सञ्चालन गरिएको हो । विजेताहरूलाई नगद पुरस्कार प्रमाणपत्र र सम्मान गर्ने तयारी समेत गरिएको वडा कार्यालयले जनाएको छ ।
क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8
ताजा अपडेट
- जीप दुर्घटनामा दुई जनाको मृत्यु, तेह्र घाइते
- काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान
- पेट्रोलियम पदार्थको मूल्य घट्यो
- क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा
- डिल्लीराम खनाललाई ५ हजार धरौटीमा छाड्न आदेश
- मुगुको पाटनमा यार्सा टिप्न पुगेकाको दुर्घटना बीमा
- निर्दोष ठहरिए सन्दीप लामिछाने, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
- सन्दीप लामिछानेको मुद्दामा केहीबेरमा फैसला हुँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया