रुपन्देहीमा नौ महिनामा १७ सय साना तथा घरेलु उद्योग दर्ता
बुटवल । रुपन्देहीमा चालू आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा एक हजार सात सय ७५ उद्योगहरू दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय भैरहवाका अनुसार उद्योगतर्फ छ सय ७९ र वाणिज्य फर्मतर्फ एक हजार ९६ उद्योगहरू दर्ता भएका हुन् ।
यस्तै, उद्योगतर्फ एक हजार पाँच सय ८४ र वाणिज्यतर्फ चार गरी जम्मा एक हजार पाँच सय ८८ उद्योगहरू नवीकरण भएका छन् । यसैगरी दुई सय छ वटा उद्योग तथा फर्महरूले लगत कट्टा गरेका छन् भने चार सय ६३ वटा उद्योग र ७४ वटा वाणिज्य फर्महरूले संशोधन गराएका छन् । कार्यालयका निमित्त प्रमुख उद्योग अधिकृत नेत्र भुषालले चालू आर्थिक वर्षमा दर्ता भएका उद्योग तथा वाणिज्य फर्महरूले दुई हजार सात सय २४ जनाभन्दा बढीलाई रोजगारी दिएको बताए । उनले सात सय ८२ उद्यमीहरू रहेको ती उद्योगहरूबाट आगामी दिनमा थप रोजगारी सिर्जना हुने बताए ।
चालू आर्थिक वर्षको नौ महिनामा उद्योगतर्फ एक अर्ब ९२ करोड ८५ लाख ९२ हजार नौ सय ४५ रुपैयाँ र वाणिज्यतर्फ एक अर्ब ७० करोड ४२ लाख ९० हजार रुपैयाँ लगानी भएको कार्यालयका लेखा अधिकृत बाबुराम ज्ञवालीले जानकारी दिए । उक्त उद्योगहरूमध्ये उद्योगतर्फबाट ८९ लाख ५२ हजार एक सय ९१ रुपैयाँ र वाणिज्यतर्फ ५४ लाख ६९ हजार तीन सय रुपैयाँ राजस्व संकलन भएको छ ।
जिल्लामा हालसम्म १७ हजार सात सय १३ वटा उद्योग तथा फर्महरू दर्ता भएका छन् । सोमध्ये लघु उद्यमतर्फ दुई सय एक वटा रहेका छन् भने घरेलु उद्योगतर्फ तीन सय २१ वटा रहेका छन् । यसैगरी घरेलु उद्योगतर्फ २६ वटा साझेदारी फर्महरू दर्ता भएका छन् भने प्रालितर्फ दश वटा रहेका छन् । कार्यालयका निमित्त प्रमुख भुषालका अनुसार साना उद्योगतर्फ जिल्लामा प्राइभेट फर्महरू १४ हजार नौ सय ४९ वटा दर्तामा छन् । यस्तै, साझेदारी फर्मअन्तर्गत नौ सय २५ वटा र प्रालितर्फ एक हजार दुई सय ८१ दर्ता भएको उनले बताए ।
जिल्लामा समग्रमा उत्पादनमूलक क्षेत्रमा सात हजार तीन सय ४७, सेवामूलकमा चार हजार चार सय ६६, पर्यटनमा दुई हजार पाँच सय ४२, कृषि तथा वन्यजन्तुमा तीन हजार तीन सय ५७, सूचना तथा सञ्चार प्रविधिमा एक उद्योग दर्ता भएका छन् । निमित्त प्रमुख उद्योग अधिकृत भुषालले गत आर्थिक वर्षको असार मसान्तसम्म १४ सय ५१ वटा उद्योगहरूले लगत कट्टा गरेका थिए । यस्तै, गत आवको असार मसान्तसम्म ९७ नाम संशोधन, ८७ प्रतिलिपि र पाँच सय ६९ उद्योगले पुँजी वृद्धि गरेका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8
ताजा अपडेट
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
- खुकुरी प्रहार गरी फरार रहेका दश जना पक्राउ
- नेपालमा बैबाहिक जबरजस्ति करणीको कानुन आउनुको विधिशास्त्रीय औचित्य
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया