नबिल बैंकद्वारा ‘स्क्यान एण्ड विथड्र’ सुरु
काठमाडौं, साउन १८
नबिल बैंकले ‘स्क्यान एण्ड विथड्र’ नामक योजना सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार यो योजना सुरु भएपश्चात् नबिल बैंकबाट विना चेक एक लाख रुपैयाँसम्मको रकम झिक्न सकिने भएको छ । आफ्ना ग्राहकहरूलाई नयाँ पद्धतिको बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले बैंकले ‘स्क्यान एन्ड विथड्र’ सुविधाको सुरुवात गरेको जानकारी दिएको छ । यसअन्तर्गत ग्राहकहरूले चेकको प्रयोग नगरी क्यूआर कोड स्क्यान गरेर बैंक काउन्टरबाट दैनिक एक लाख रुपैयाँसम्म रकम झिक्न सक्नेछन् । बैंकले हाललाई यो सेवा काठमाडौँ उपत्यकाका सबै शाखाबाट उपलब्ध गराएको छ । छिटै नै यो सेवालाई देशभरिका शाखाहरूमा उपलब्ध गराउने तयारी बैंकले गरेको छ ।
यो सेवाका बारेमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले भने, ‘अब नबिल बैंकका ग्राहकहरूले चेक÷एटीएम कार्ड बोक्न बिर्सिए भने आफ्नो मोबाइल बैंकिङ एपमा लगइन गरेर बैंक काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी आफ्नो खाताबाट रकम झिक्न सक्नेछन् । विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ महामारीको समयमा सुरक्षित कारोबार गर्न र संक्रमणको जोखिम न्यूनीकरण गर्नका लागि बैंकले यो पद्धतिमार्फत बैंक कर्मचारी र ग्राहकको सम्पर्क सकेसम्म घटाएको प्रमुख कार्यकारी शाहले जानकारी दिएका छन् । ग्राहकले क्यूआर कोड स्क्यान गर्दा अब स्वतः ग्राहकको खाताबाट रकम घट्ने र बैंकको कर्मचारीले केवल ग्राहकलाई झिक्न खोजिएको रकम हस्तान्तरण गर्नेछन्, प्रमुख कार्यकारी अधिकृत शाहले भने ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया