भत्ता पचाउने नाममात्रको आयोग गठन नगर्न आरक्षपीडितको आग्रह
धनबहादुर जप्रेल
कञ्चनपुर, साउन १९
कञ्चनपुरका आरक्षपीडितहरूले भत्ता मात्रै बुझ्ने नाममात्रको आयोग गठन नगर्न आग्रह गरेका छन् । जिल्लाभरिका आरक्षपीडितका अगुवाको बैठकबाट पीडितको समस्या समाधान गर्ने अधिकारसम्पन्न आयोग गठन गर्नु आवश्यक रहेको औँल्याएका छन् । हालसम्म सरकारले बनाएको कुनै पनि आयोगले काम नगरेको उनीहरूको गुनासो छ ।
आरक्षपीडितका अगुवा गोविन्द नेपालीले लामो समयदेखि पुनर्स्थापनाको पखाइमा रहेका पीडितको समस्या समाधानका लागि छुट्टै केबल आरक्षपीडितकै समस्या समाधान गर्ने खालको आयोग गठनको माग अघि सारे । ‘हाम्रो समस्या अन्यको भन्दा फरक प्रकृतिको छ, ‘उनले भने, ‘हामी जमीन हुँदाहुँदै तत्कालीन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित गराएका पीडित हौँ, हामीलाई र सुकुमबासीलाई एकै घानमा हाल्न मिल्दैन् ।’
केही आरक्षपीडित विरोधी समूहले सुकुमवासी, बसोबासी, लालपूर्जाविहीनलगायत र आरक्षपीडितलाई एकै घानमा राखेर समस्या समाधान हुन्छ भनेर प्रोपोगाण्डा मच्चाइरहेको बताउँदै उनले पीडितको समस्या समाधान गर्न अलग्गै आयोगको माग अघि सारे । ‘अहिलेसम्म एकल आयोग त्यो पनि स्पेसल आरक्ष विस्थापितका नाममा २९औँ आयोग गठन हुुँदा पनि हाम्रो समस्या जस्ताको तस्तै रहेकोे छ’, उनले भने, ‘संयुक्तरूपमा गठन हुने आयोगले हामीहरूको पुनर्स्थापना गर्ने के ग्यारेन्टी छ ।’
आरक्षपीडित संघर्ष समितिका अध्यक्ष हिरासिह भण्डारीले पनि अधिकारसम्पन्न पीडितको पक्षमा काम गर्ने आयोगको विकल्प नभएको बताए । ‘हामी पीडित छुट्टै प्रकृतिका छौँ, ‘उनले भने, ‘हाम्रो समस्यामा अरुलाई र अरुको समस्यामा हामीलाई हाल्न मिदैन ।’
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया