सवारीसाधनले मनपरी भाडा असुलेको भन्दै प्रशासनलाई ज्ञापनपत्र
आशिष बहादुर सिंह
बझाड., साउन २६
बझाङ जिल्लामा चल्ने छोटो दूरीका सवारीसाधन जिपहरुले मनपरी भाडा असुलेको भन्दै अनेरास्वुवियुले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ । जिल्लामा सञ्चालन भइरहेका जिप चालकले मनपरी भाडा लिँदा यात्रुलाई समस्या भएको भन्दै अनेरास्ववियुले उक्त सवारीसाधनलाई कारबाहीको माग गर्दै प्रशासनलाई ज्ञापनपत्र बुझाएको हो ।
सरकारले कुल सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु बोक्ने र ५० प्रतिशत नै बढाएर भाडा लिने गरी सवारीसाधन सञ्चालन गर्न अनुमति दिए पनि जिल्लामा सञ्चालन हुने साना सवारीसाधनले दोब्बर भाडामा क्षमताभन्दा दोब्बर यात्रु ओसार्ने गरेका छन् । स्थानीय प्रशासनले सिट क्षमताभन्दा आधा मात्रै यात्रु बोक्न निर्देशन दिए पनि यातायात व्यवसायीले एक जीपमा १५ देखि २० जनासम्म यात्रु बोक्ने गरेको पाइएको छ ।
कोरोना भाइरस संक्रमणको बेला पनि यातायात व्यवसायीले न्यूनतम सुरक्षा मापदण्ड नअपनाएको, मनपरी भाडा असुलेर क्षमताभन्दा दोब्बर यात्रु राखी असुरक्षित यात्रा गर्न बाध्य पारेको र सर्वसाधारणको स्वास्थ्यमाथि खेलवाड गरेको ज्ञापनपत्रमा उल्लेख छ । यातायात व्यवसायीले सरकारले तोकेको सुरक्षा मापदण्ड लागू गर्नुपर्ने मनपरी भाडा घटाउनुपर्ने, यात्रुलाई टिकटको व्यवस्था गर्नुपर्नेलगायतका माग राख्दै उनीहरुले ज्ञापनपत्र बुझाएका हुन् ।
अनेरास्ववियुका जिल्ला संयोजक प्रविन्द धामी र सह संयोजक देवीजंग सिंहद्वारा हस्ताक्षरित विज्ञप्तिमा आफ्ना माग सम्बोधन नभए कडा संघर्षमा उत्रिने र त्यसबाट पर्ने असरको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने उल्लेख छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया