एभरेष्ट बैंकको मुुख्य शाखा दुुई दिनको लागि बन्द
काठमाडौं, साउन २७
एभरेष्ट बैंकको मुख्य शाखा दुुई दिनको लागि बन्द भएको छ । बैंकको लाजिम्पाटस्थित मुख्य कार्यालय र एक शाखामा कार्यरत दुई जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबार र मंगलबारका लागि ती शाखामार्फत हुुने कारोबार बन्द गरिएको बैंकले जानकारी दिएको छ । बैंक स्रोतका अनुसार शनिबार लाजिम्पाटस्थित सबै कर्मचारीहरूको पीसीआर टेस्ट गर्दा दुुई जनाको कोभिड १९ को रिर्पोट पोजेटिभ देखिएको थियो ।
उक्त रिर्पोटपश्चात् पोजेटिभ देखिएका दुवै कर्मचारीहरूलाई आईसोलेसनमा पठाइसकेको र आइतबार बैंकको सो कार्यालय ‘डिसइन्फेक्टेड’ गरिएकाले दुई दिनका लागि सेवा बन्द गरिएको बैंक स्रोतले बताएको छ । ती शाखाहरू बन्द भएपछि ग्राहकलाई आफूलाई पायक पर्ने अन्य शाखाबाट वित्तीय सेवा लिन बैंकले आग्रह गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया