नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ र कामना सेवा विकास बैंकबीच सम्झौता
काठमाडौं, साउन ३०
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) र कामना सेवा विकास बैंकबीच सम्झौता भएको छ । सम्झौताअनुसार एक्यानमा आबद्ध सदस्यहहरूलाई बिनाधितोमा प्रोफेसनल कर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौता भएको हो । सम्झौतामा कामना सेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका तर्फबाट अध्यक्ष आनन्दराज शर्मा वाग्लेले हस्ताक्षर गरेका हुुन् ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ विसं २०३५ सालमा स्थापना भएको गैरनाफामूलक, गैरराजनीतिक तथा नेपाली चार्टर्ड एकाउन्टेन्ट्सहरूको एक मात्र पेसागत संघ हो । यसको मुख्य उद्देश्य देशमा लेखा व्यवसायको संरक्षण एवं संवर्द्धन गरी सुव्यवस्थित एवं सुचारुरूपले लेखा व्यवसाय सञ्चालन गराउने तथा सदस्यहरूको सामूहिक हितको संरक्षण गर्नु हो । यो संघ चार्टर्ड एकाउन्टेन्टहरूको छाता संगठन भएकोले लेखापरीक्षण, लेखा तथा लेखामान, करपरीक्षण, कर परामर्श, कानुनी परामर्श आदि विषयमा विज्ञहरूको जम्मा हुने थलो हो ।
द्विपक्षीय समझदारीपत्रअनुसार एक्यानका सदस्यहहरूलाई सरल तरिकाबाट बैंकको एक सय २४ शाखाबाट एकै दिनमा बिनाधितोमा १५ लाखसम्मको प्रोफेसनल कर्र्जा प्रदान गरिनेछ । यो सम्झौतापछि एक्यानका सदस्यहरूले व्यक्तिगत आवश्यकताहरू पूरा गर्नको लागि बिनाधितोमा सहुलियतपूर्ण बैंकिङ सुविधा (कर्जा) लिन सहज हुने कुरामा आफू विश्वस्त रहेको संघका उपाध्यक्ष रमेश धितालले जानकारी गराए ।
साथै, एक्यानमा आबद्ध सदस्यका श्रीमतीद्वारा सञ्चालित व्यापार व्यवसायलाई समेत सहुलियतपूर्ण कर्जा प्रवाहको लागि समझदारी भएको धितालले जानकारी गराए । आगामी दिन यसका साथै अन्य बैंक तथा वित्तीय संस्थासँग समेत समझदारीको लागि छलफल भैरहेको धितालले जानकारी गराए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया