चीनलाई ‘काउन्टर’ गर्न भारत, अस्ट्रेलिया र जापानको त्रिदेशीय ‘सप्लाई चेन’
नयाँ दिल्ली, भदौ ४
भारत, जापान र अस्ट्रेलियाले त्रिदेशीय सप्लाई चेनका लागि छलफल सुरु गरेका छन् । तीनवटा देशले चीनलाई ‘काउन्टर’ गर्ने गरी ‘सप्लाई चेन रिजिलियन्स इनिसिएटिभ (एससीआरआई) अर्थात् त्रिदेशीय आपूर्ति प्रणाली सुरु गर्नलागेका हुन् । यसको उद्देश्य चीनसँगको निर्भरता हटाउने भएको बताइएको छ ।
यसको लागि जापानले सुरुमा प्रस्ताव गरेको टाइम्स अफ इन्डियाले जनाएको छ । त्यसको लागि पहिलो बैठक बस्ने तयारी समेत गरिएको छ । अर्को हप्ता बस्ने बैठकमा तीनै देशका व्यापार, वाणिज्यमन्त्रीहरु सहभागी हुनेछन् । तीनै देशले आगामी नोभेम्बरमा एससीआरआई गठन गर्ने तयारी गरेका छन् । भारतले यसको लागि गम्भीर रुपमा प्रस्ताव अघि बढाएको बताइएको छ । लद्दाखमा केही समयअघि भएको चीनसँगको तनावपछि भारत चिढिएको छ । सोही कारण पनि भारतले यसको गम्भीर पहल गर्ने देखिएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा
- कर्णाली प्रदेश सरकारको विनियोजन विधेयक २०८१ का सिद्धान्त, उद्देश्य र प्राथमिकता पेस
- नुवाकोटमा पौडी खेल्ने क्रममा दुई युवाको मृत्यु
- कोरोनाको नयाँ भेरियन्ट : सङ्क्रामक तर घातक कम
- तिनाउ नदीमा डुबेर मृत्यु
- धुलो उठाउन सहयोग नगरेको भन्दै सडक विभागमा महानगरको गाडीबाट धुलो झारियो
- किमाथाङ्कासहित चीनसँग जोडिएका अधिकांश नाका आजदेखि पुनः सञ्चालनमा आउँदै
- हेटौँडामा सवारी दुर्घटनामा एकको मृत्यु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया