Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतको सेयरबजार पुँजीकरण पहिलो पटक ५० खर्ब डलर पुग्यो

भारतको सेयरबजार पुँजीकरण पहिलो पटक ५० खर्ब डलर पुग्यो


नयाँदिल्ली । भारतको सेयरबजार पुँजीकरण (एम–क्याप) मंगलबार पहिलो पटक ५० खर्ब (५ ट्रिलियन) अमेरिकी डलर पुगेको छ । घरेलु इक्विटी बेन्चमार्कहरू तीव्र बढिरहेका कारण बजार पुँजीकरण बढेको हो । मंगलबार ‘इन्ट्रा डे’ कारोबारमा बम्बे स्टक एक्सचेन्ज (बीएसई)मा सूचीकृत सबै सेयरहरूको संयुक्त बजार पुँजीकरण चार सय १४ दशमलव ४६ ट्रिलियन भारु (पाँच ट्रिलियन डलर) पुगेको छ । जुन यस वर्षको सुरुदेखि छ सय ३३ बिलियन डलरभन्दा बढी हो ।

बीएसईको कुल बजार पुँजीकरण सन् २०२३ नोभेम्बरमा चार ट्रिलियन डलर पगेको थिया । त्यसको छ महिनामा पाँच ट्रिलियन डलर पुगेको छ । सन् २००७ मेमा एक ट्रिलियन डलर बजार पुँजीकरण थियो । त्यसको एक दशकमा दोब्बर भएर सन् २०१७ जुलाईमा दुई ट्रिलियन डलर पुगेको थियो । त्यसपछि सन् २०२१ मे महिनामा तीन ट्रिलियन डलर पुगेको थियो ।

अहिले विश्वभरका चारवटा सेयरबजार अमेरिका, चीन, जापान र हङकङ मात्रै पाँच ट्रिलियन डलरभन्दा माथिको क्लबमा छन् । अब भारत पनि त्यो क्लबमा थपिएको छ । अमेरिकी सेयरबजार करिब ५५ दशमलव ६५ ट्रिलियन डलर बजार पुँजीकरणसहित अगाडि छ । त्यसपछि चीनको नौ दशमलव चार ट्रिलियन डलर, जापानको छ दशमलव ४२ ट्रिलियन डलर र हङकङको पाँच दशमलव ४७ ट्रिलियन डलर बजार पुँजीकरण छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x