गरिमा विकास बैंकको धादिङबेसी शाखाको उद्घाटन
काठमाडौं, पुस ९
गरिमा विकास बैंकले धादिङमा पनि शाखा विस्तार गरेको छ । आइतबार बैंकले धादिङको निलकण्ठ नगरपालिकामा रहेको शाखाको औपचारिकरूपमा उद्घाटन गरेको हो । बैंकका अनुसार उक्त शाखाको उद्घाटन निलकण्ठ नगरपालिकाका प्रमुुख भिमप्रसाद ढुंगानाले गरेका हुुन् । कार्यक्रममा बैंकका सञ्चालक श्यामप्रसाद बस्यालले व्यावसायिकरूपमा प्रचुर सम्भावना बोकेको सो क्षेत्रमा खोलिएको शाखाले सो क्षेत्रको औद्योगिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । बैंकले हाल सबै क्षेत्रमा गरी ९० वटा शाखा, ५१ वटा एटीएम काउन्टर र गरिमा रेमिटका १० हजारभन्दा बढी एजेन्टमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । बैंकले यही पुुस पाँच गतेसम्म ३६ अर्ब ५० करोड रूपैयाँ निक्षेप संकलन गरी ३२ अर्ब ७५ करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया