पहिरो र पुनर्निर्माण प्राधिकरणको नेतृत्व
भूकप्प, बाढीपहिरो आदिजस्ता कुनै पनि प्राकृतिक विपत्तिमा राज्यका कुनै पदमा रहेका पदाधिकारीको खासै भूमिका नहोला । यी आफैँ आउँछन् र सर्वनाश गर्छन् । । त्यसमा केही रोकथाम र त्यसबाट हुने क्षति कम गर्न सकिएला तर घटना नै हुन नदिन भने मानवीय क्षमताले भ्याउन सक्दैन । त्यसकारण पनि यस्तो क्षति हँुदा सरकार वा त्योसँग जिम्मेवार कसैलाई पनि कुनै दोष दिने भन्ने कुरा हुँदैन ।
सिन्धुपाल्चोक जिल्लामा पछिल्लो पटक समेत गरिँदा आधा दर्जन पटक पहिरो गइसकेको छ । पहिरोबाट सयको हाराहारीमा मानवीय क्षति पनि भैसकेको छ । भूकम्प र परकम्पले भिरालो जमिनमा धाँजा फाटेका कारण वर्षातले माथिल्लो भाग केही भास्सियो र पहिरो गयो भन्ने कुरा भनिँदै आइएको छ । प्रत्येक पहिरोका निष्कर्ष यही आउने गरेको छ ।
गएको पुस महिनामा सुक्खा पहिरोसँगै खतराको सङ्केत प्राप्त भएको थियो यो ठाउँमा । त्यतिखेर नै यी ठाउँमा ठूला–ठूला ढुङ्गा खसेका थिए । यद्यपि त्यतिबेला मानवीय क्षति भने भएन । दुई दिनअघिको एक साँझदेखिको अविरल वर्षाले उर्लिएको स्थानीय खोल्सासँगै बाह्रबिसे नगरपालिका–७ घुम्थाङको भीरखर्क, नागपुजे, डाँडागाउँ बस्तीका २२ घर पहिरोले बगाउँदा तत्कालै ११ जनाले ज्यान गुमाए भने अन्य २० जना बेपत्ता भए । यसअघि ५० जनाको हाराहारीमा ज्यान गएकाहरू र त्यस्तै पहिरोले क्षति पु-याएका आधा सय घर उजाड अवस्थामा नै रहेका बेला यो ठाउँमा त्यस्तै विनाशकारी पहिरो गएको हो ।
यस्ता दैवी विपत्तिको पूर्वजानकारी हँुदैन । तर यी ठाउँमा पहिले नै पहिरो जान्छ भन्ने जानकारी थियो । केवल कहिले र कसरी जाला भन्ने मात्र निश्चित थिएन । यो जिल्लामा गएका पहिरोका पीडित सबैले यस्तो कुरा सुनाइरहेका छन् । यस्तो अनुभव वा आशंका सुनाउन थालिएको गएको पुसदेखि नै हो । त्यहीँबाट हिसाब हुँदा पनि यस्तो शंका व्यवहारमा परिणत हुन थालेको समय यो पछिल्लो पहिरो गएको दिनसम्म नौ महिना भइसकेको छ ।
अहिले यो ठाउँमा पहिरो जानुको कारण भूकम्पलाई पनि मानिएको छ जो पाँच वर्षभन्दा बढी भयो । त्यसले थिलथिलो पारेको जमीनमा अविरल वर्षाले बगायो । बर्खाको सुरुमै सम्भावित खतरा देखिएपछि स्थानीयले जनप्रतिनिधिलाई समस्याबारे जानकारी दिएका थिए । जनप्रतिनिधिसहितले बस्ती सार्न स्थानीय प्रशासन र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई गुहारिएको बताइको छ । तर प्राधिकरणले कुनै वास्ता गरेन । स्थानीय भन्छन्, अनुरोध गर्दागर्दा थाकियो तर त्यो निकायले सुनेन । यसअघिका घटनामा पनि यस्तै गुनासो आएका थिए । प्राधिकरणले केही नगरेको कारण ती ठाउँमा यति ठूलो क्षति भयो ।
कतिपय गाउँलेहरूले ठाउँ छाडेर हिँड्दा समेत सरकारले अन्यत्र बस्न नदिएको भन्ने विवरण पनि आएका छन् । आवासको सुरक्षित व्यवस्था गर्ने काम पूर्वाधार विकास प्राधिकरणको हो । त्यसले यो ठाउँमा आफ्नो जम्मेवारी निर्वाह गरेको देखिएन । त्यसकारण यो घटनाको दोष प्राधिकरणले लिनुपर्छ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया