जनरल इन्स्योरेन्स कम्पनीले ३० करोड रुपैयाँको साधारण सेयर जारी गर्ने
काठमाडौं ।
जनरल इन्स्योरेन्स कम्पनीले ३० करोड रुपैयाँबराबरको साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले यही असोज ११ गतेबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको कम्पनीको सेयर बिक्री कार्य छिटोमा असोज १४ गते र ढिलोमा असोज २५ गते बन्द हुुनेछ ।
बिक्री गरिने कुल सेयरमध्येमा चार प्रतिशत अर्थात् एक लाख २० हजार कित्ता कर्मचारीको लागि, पाँच प्रतिशत अर्थात् एक लाख ५० हजार कित्ता सामूहिक लगानी कोषको लागि बिक्री हुुनेछ भने बाँकी रहेको २७ लाख ३० हजार कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिनेछ ।लगानीकर्ताहरूले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
अधिकृत पुँजी एक अर्ब र जारी पुँजी एक अर्ब रुपैयाँ रहेको कम्पनीको हाल चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ ।साधारण सेयरको बिक्रीपश्चात् भने कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुुग्नेछ । कम्पनीले गत आर्थिक वर्षमा पाँच करोड छ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा तीन करोड ६२ लाख रुपैयाँ रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया