काठमाडौं ।
यस साता सेयर बजार परिसूचक १५ सय ६१ दशमलव २७ अंकमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय नौ दशमलव ५७ अंकमा पुुगेर रोकिएको छ ।
यस साता धितोपत्र बजारमा एक सय ९९ वटा कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार दुुई लाख ६१ हजार आठ सय ४९ पटकको कारोबारमा चार करोड चार लाख ७९ हजार चार सय ९८ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम १२ अर्ब १५ करोड ४३ लाख ३९ हजार दुुई सय २३ रुपैयाँ पुुगेको छ । कारोबार रकम गत साताको तुुलनामा घटेको हो ।
गत साता भने धितोपत्र बजारमा दुुई सय दुुईवटा कम्पनीहरूको कारोबार भएका थिए । जसअनुुसार एक लाख ९७ हजार दुुई सय ४४ पटकको कारोबारमा चार करोड १३ लाख ७२ हजार दुई सय तीन कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम १३ अर्ब ९७ करोड तीन लाख ९३ हजार एक सय ४९ रुपैयाँ पुुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुला रहेको थियो । सोमध्ये पहिलो, चौथो र पाँचौँ दिन बजार परिसूचक उकालो लागेको थियो भने दोस्रो र तेस्रो दिन बजार परिसूचक ओरालो लागेको थियो ।
जसमध्ये पहिलो दिन बजार परिसूचक तीन अंकले उकालो लागेर १५ सय ७५ दशमलव १८ अंकमा चढेको थियो । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १२ अंकले उकालो लागेर तीन सय १३ दशमलव ६२ अंकमा चढेको थियो ।
दोस्रो दिन भने बजार परिसूचक छ दशमलव १२ अंकले ओरालो लागेर १५ सय ६९ दशमलव छ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३८ अंकले ओरालो लागेर तीन सय १२ दशमलव २४ अंकमा झरेको थियो । तेस्रो दिन पनि बजार परिसूचक २२ दशमलव ९१ अंकले ओरालो लागेर १५ सय ४६ दशमलव १५ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ८४ अंकले ओरालो लागेर तीन सय सात दशमलव ३९ अंकमा पुगेको छ ।
चौथो दिन भने परिसूचक नौ दशमलव ३७ अंकले उकालो लागेर १५ सय ५५ दशमलव ५२ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ९५ अंकले उकालो लागेर तीन सय आठ दशमलव ३४ अंकमा चढेकोे थियो । अन्तिम कारोबार दिन पनि बजार परिसूचक पाँच दशमलव ७४ अंकले उकालो लागेर १५ सय ६१ दशमलव २७ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव २३ अंकले उकालो लागेर तीन सय नौ दशमलव ५७ अंकमा चढेको थियो ।
यस साता नेपाल बैंक, नेपाल पुनर्बीमा कम्पनी, शिखर इन्स्योरेन्स कम्पनी, आदिको बढी रकम कारोबार भएका छन् । कारोबार भएको सेयर संख्याका आधारमा भने यस साता नेपाल बैंक, नेशनल हाइड्रोपावर कम्पनी, अरुण कावेली पावर लिमिटेड आदि परेका छन् ।
बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीहरू अगाडि परेका छन् । सेयर सूचीकरणतर्फ भने यस साता लिवर्टी इनर्जी कम्पनी, प्रभुु बैंक डिवेञ्चर २०८४, एनएलजी इन्स्योरेन्स कम्पनी, छ्याङदी हाइड्रोपावर कम्पनी र समाज लघुुवित्त वित्तीय संस्थाको बोनस, हकप्रद र साधारण सेयर सूचीकृत भएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया