काठमाडौं ।
एनआरएन लघुवित्त वित्तीय संस्थाको विशेष साधारणसभा सम्पन्न भएको छ । आइतबार धनगढीमा भएको साधारणसभाले छजना सञ्चालक समिति चयन गर्नुका साथै एफपीओ निष्कासन गर्ने, लघुवित्तको नाम परिवर्तन र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्तावलाई पारित गरेको छ ।
संस्थाको सञ्चालक समितिमा आगामी चार वर्षको कार्यकालका लागि संस्थापक समूहको तर्फबाट चार जना र सर्वसाधारण तर्फबाट दुई जना निर्वाचित गरेको छ । सञ्चालक समितिको सदस्यहरूमा संस्थापकतर्फ लोकराज शर्मा, मनोज न्यौपाने, नेत्रप्रसाद जोशी र सरिता उप्रेती निर्वाचित भएका छन् । यसैगरी सर्वसाधारण तर्फबाट सन्तोष पाण्डे र भरतबहादुर हमाल निर्वाचित भएका छन् ।
यसैगरी साधारणसभाले साबिकको किसान माइक्रोफाइनान्स, दिव्य लघुवित्त, रामारोशन लघुवित्त र क्रियटिभ लघुवित्तसँगको मर्ज अनुमोदन प्रस्ताव समेत पारित गरेको छ । संस्थाले एक वर्षभित्रमा चारवटा लघुवित्त संस्थाहरूसँग मर्जर सम्पन्न गरेको थियो । सभाले पुनः सर्वसाधारणलाई एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । संस्थाले करिब १३ करोड रूपैयाँबराबरको एफपीओ जारी गर्ने संस्थाका प्रमुख कार्यकारी अधिकृत इन्द्रकुमार शाहले जानकारी दिए ।
हाल संस्थाको अधिकृत पुँजी एक अर्ब, जारी पुँजी ५२ करोड ८८ लाख र चुक्ता पुँजी ३९ करोड २८ लाख रहेको छ । साथै संस्थाको शाखा कार्यालय एक सय ४२, कर्मचारी संख्या पाँच सय, लगानी चार अर्ब १० करोड, बचत ८७ करोड ६० लाख, सदस्य संख्या एक लाख ४४ हजार र ऋणी सदस्य संख्या ५० हजार नौ सय ९७ रहेका छन् ।
हालसम्म जम्मा ४३ जिल्लामा शाखा विस्तार गरिसकेको छ भने आगामी एक वर्षभित्र बाँकी रहेका ३४ जिल्लामा शाखा विस्तार गर्ने संस्थाले जनाएको छ । त्यस्तै संस्थाको कर्पाेरेट कार्यालय काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा स्थापना गरिने भएको छ । यसैगरी संस्थाको नाम परिवर्तन गरेर साझा लघुवित्त वा किसान लघुवित्तमध्ये एउटा राखिने प्रमुख कार्यकारी अधिकृत इन्द्रकुमार शाहले जानकारी दिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया