सोलुखुम्बु ।
सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका सल्लेरीमा निःशुल्क कुकुर बन्ध्याकरण शिविर सञ्चालन भइरहेको छ । जिल्ला समन्वय समितिको प्राङ्गण सल्लेरीमा मंगलबारबाट शिविर सुरु गरिएको नगर पशु शाखा प्रमुख लेखनाथ बास्तोलाले जानकारी दिए । अघिल्लो वर्ष पनि नगरभित्रका छाडा कुकुरको बन्धाकरण गरेको नगरपालिकाले यो वर्ष पनि शिविर सञ्चालनमा ल्याएको हो ।
पशु शाखा प्रमुख बास्तोलाका अनुसार कुकुरलाई रेबिजविरुद्धको भ्याक्सिन पनि लगाइनेछ । सामुदायिक कुकुरको बढ्दो संख्यालार्ई नियन्त्रण गर्ने उद्देश्यका साथ नगरपालिकाले हिमालयन एनिमल रेस्क्यु ट्रष्ट पोखराको सहकार्यमा शिविर सञ्चालन गरेको बताइएको छ ।
पशुपन्छी ऐनअनुसार कुकुरलाई मार्न नहुने भएकाले बन्ध्याकरण उपयुक्त विकल्प भएकाले सडकमा भेटिएका र घरपालुवा तथा सामुदायिक कुकुरहरूलाई नियन्त्रणमा लिएर बन्ध्याकरण गरिने नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाले जानकारी दिए ।
आगामी शुक्रबारसम्म चल्ने शिविरमा बुधबार वडा नम्बर २ बेनी र बिहीबार वडा नम्बर ३ तामाखानी क्षेत्रका कुकुरहरूलाई नियन्त्रणमा लिएर बन्ध्याकरण गरिएको नगर पशु शाखाले जनाएको छ । शिविरमा नगरपालिकाभित्रका तथा बाहिरका सबैले आफ्ना कुकुर बन्ध्याकरण गराउन सक्ने हिमालयन एनिमल रेस्क्यू ट्रष्टले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया