माछापुच्छ्रे बैंक र दुवईको मश्रिक बैंकबीच सम्झौता
काठमाडौं, पुस १५
माछापुच्छ्रे बैंकले दुुवईको मश्रिक बैंकसँग सम्झौता गरेको छ । बैंकले दुवईस्थित मश्रिक बैंकबाट १० मिलियन अमेरिकी डलर अर्थात् नेपाली रूपैयाँ एक अर्बभन्दा बढी पैसा नेपाल ल्याउनको लागि उक्त बैंकको नेपाली प्रतिनिधिसँग सम्झौता गरेको हो । सम्झौतापत्रमा माछापुुच्छ्रेका तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुमन शर्मा एवं मश्रिक बैंक दुुवैका तर्फबाट नेपालका लागि प्रमुुख हेमा अधिकारीले हस्ताक्षर गरेकी हुुन् ।
सम्झौताअनुुसार उक्त रकम नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात् ल्याउने बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकको निर्देशनअनुसार कुल प्राथमिक पुँजीको शत प्रतिशत रकम विदेशबाट ऋण ल्याएर नेपालमा लगानी गर्न पाइने व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार माछापुच्छ्रेले विदेशबाट पैसा ल्याउने प्रकृया सुरु गरेको छ । यसरी ल्याइएको रकम रकम कृषि, ऊर्जा, पर्यटन, साना तथा मझौला व्यवसायलगायतका अन्य विभिन्न प्राथमिकताका क्षेत्रमा लगानी गर्ने बैंकले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया