माछापुच्छ्रे बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
काठमाडौं ।
माछापुच्छ्रे बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता भएको छ । बैंकले कर्पोरेट–पे प्रणालीका लागि क्लियरिङ हाउससँग सम्झौता गरेको हो । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा हाउसकातर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
सम्झौतापश्चात् माछापुच्छ्रे बैंकका व्यावसायिक ग्राहक (विभिन्न संघ संस्था, सरकारी कार्यालयहरू)ले बैंकको मोबाइल बैंकिङ एप तथा इन्टरनेट बैंकिङ एपमार्फत बैंकमा नगई, जुनुसुकै ठाउँबाट आफैँले फण्ड ट्रान्स्फर, तलब भुक्तानी, विभिन्न सेवाहरूको भुक्तानी, सरकारी राजस्व भुक्तानीलगायतका सेवा लिन सक्नेछन् ।
उक्त प्रणालीमार्फत कनेक्ट आईपीएस अथवा एनसीएचएल आईपीएसमा रियलटाइम वा ननरियलटाइममा भुक्तानी कारोबारहरू गर्न सकिनेछ । साथै यस प्रणालीबाट कारोबार गर्दा बैंक तथा कर्पोरेट–पे दुवैतर्फबाट सुरक्षाका अधिकतम उपायहरू अवलम्बन गरिएको बैंकको दाबी छ । बैंकले आफ्ना ग्राहकका निम्ति विभिन्न डिजिटल भुक्तानी माध्यमहरू प्रदान गर्दै आएको छ । यो प्रणालीको सुरुवातले बैंकका व्यावसायिक ग्राहकलाई पनि डिजिटल भुक्तानीको सेवा प्रदान गर्न थप टेवा पुग्ने दाबी समेत बैंकले गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया